गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण दशैंमा पनि नरोकिने

0

चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामादशैंका क्रममापनिकाम नरोकिने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको देशव्यापी लकडाउनको अवधीमा समेत निर्माण कार्य रोकिएको थिएन ।

Advertisement

सरकारले चैत ११ देखि लकडाउनको आह्वान गरेकोथियो ।धुर्मुस सुन्तली फाउन्डेसनलेबैशाखको २० गतेदेखि ३० जनाकामदारबाट निर्माणको कामपुनः सुरु गरेको हो । साउनदेखि करिव २ सय जना र अहिले २ सय ३३ जनामजदुर कार्यरत छन् र दैनिककामभइरहेको छ । दशैंको समयमाकरिव १ सय ५० जनाकामदारसहितनिर्माणकार्य जारी राख्ने फाउन्डेशनकाअध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । उनकाअनुसार कामदारको चाहनाअनुसार नै दशैंमा काम नरोकिएको हो ।उनले प्रतिकुल समयमा त रंगशालाको काम नरोकिएकोले दशैं, तिहार उत्सवभएकोले रंगशालाबनाएर नै पर्व मनाउने बताए ।

‘हामीस“ग भएकाकामदारमध्ये कतिपयदशैंका लागि घर जानुहुन्छ । अहिलेको परिस्थिति र निर्माणकार्यको अवस्थालाई मध्यनजर राख्दै सबैस“गप्रतिक्रियामाग्दा धेरैजसोले रंगशालाउभ्याएर मात्रै घर जाने र आफूहरूकालागियही नै चाडपर्व भएको बताएपछि काम सन्चालन गर्न लागिएको हो,’ कट्टेलले भने ।

रंगशालामाकाम गर्ने सबै मजदुर तथाकर्मचारीहरूलाई टीका लगाएर यही“ दशैं मनाउने धुर्मसले बताए।गतवर्षको मंसिर १ देखिमुख्य रंगशालानिर्माणको काम सुरू भएको हो । सुरुआतमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिल्लरको फाउन्डसेन तयार गर्न फागुनसम्मको समय लाग्यो । चैत महिना लकडाउनका कारण काम सन्चालनहुननसके पनि बैशाखयता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।

रंगशालाको ३ सय ६० वटा पिल्लरमध्ये २ सय वटा पिल्लर ठड्याइसकिएको छ ।

default

स्टान्ड ए मा सबै पिल्लर (१ सय ३५ वटा) राखिसकिएको छ । यहा“ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बीमा६५ वटा पिल्लर उठेको छ र बा“कीको कामअन्तिम चरणमा पुगेको छ ।

परियोजनाव्यवस्थापकजनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशतकाम सम्पन्नभएको छ । त्यस्तै टाइवीमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्नभइसकेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यकमालसामाग्रीहरुको अभाव, कामदारहरुको समस्या, बर्खा र निरन्तरको झरीकाबावदुतपनि रंगशालाको काम अघि बढाइएको फाउण्डेशनकाअध्यक्ष कट्टेलले बताए ।
‘कोरोना भाइरसका कारण देखाउ“दै धेरैजसो विकास आयोजनाहरुको कामप्रभावितभएका छन्, तर यो राष्ट्रिय गौरवको परियोजनामाभने निरन्तर काम भैरहेको छ’ कट्टेलले भने ।

२०७५ साल माघ १६ गते राष्ट्रिय सभागृहमा बृहत घोषणा सभाआयोजना गरी रंगशालानिर्माण अभियान सुरु गरिएको हो । रंगशालानिर्माणको सामाजिकअभियानमा जोडिएर बोलकबोल भएका रकमहरु समयमै उठेको भए रंगशालानिर्माणको कार्यप्रगतिअझै धेरै हुन सक्थ्यो । तर कामभएको दिनको गणना गर्ने हो भने पनिधेरै प्रगतीभएको फाउन्डेसनकाअध्यक्षसिताराम कट्टेलले जानकारी दिए ।

default

रंगशालानिर्माणमा अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रकमको आर्थिक स्रोत जुटेको छ । निर्माणमा असोज मसान्तसम्म ३० करोड ५५ लाख १२ हजार रकमखर्च भएको फाउण्डेशनकाआर्थिक प्रशासनप्रमुखमुक्तितिमल्सिनाले जानकारी दिए । यसो हु“दा फाउण्डेशनअझैं ६ करोड ४० लाख ५२ हजार ऋणमा छ ।
सरकारी तवरबाट रंगशालालाई बागमतीप्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट २ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ । अन्य केही स्थानीयतहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन् । रंगशालानिर्माणमा खर्च भएको ठूलो हिंस्सा जनस्तरबाट प्राप्त सहयोग नै रहेको फाउण्डेशनले जनाएको छ । रंगशालाकालागिगएको माघ लगाइएको वृहतधनधाञ्चलमहोत्सवबाट नगद८ करोड ४६ लाख ३० हजार नगदसंकलनभएर काम अघि बढेको थियो ।

Post Add 1025X115
Loading...