नेपाली राष्ट्रिय टिमका खेलाडीकाे अन्तराष्ट्रिय बजार भ्यालु कति ?

0

विश्व फुटबलमा यो खेलाडी यतिमा विक्रि भयो यसको तलव यति भनेर सुन्दा निकै अचम्म पनि लाग्ने गर्छ । लाखौ डलर साताको तलव खाने खेलाडीको बजार मुल्य करोडौ डलरमा रहेको हुन्छ ।

नेपाली फुटबलमा पनि खेलाडीको निश्चित मुल्य तोकिएको हुन्छ, तर त्यसको खुलासा भने हुने गरेको छैन । तर पनि अन्तराष्ट्रिय बजारमा नेपाली खेलाडीको मुख्य लाखौ रुपैयाँ छ ।

राष्ट्रिय टिममा रहेका खेलाडीको अन्तराष्ट्रिय बजारको मुल्य हेर्ने हो भने कम्तिमा २५ हजार डलर देखि बढिमा दुई लाख ७५ हजार डलरसम्म रहेको छ । तर यो मुल्य अनलाईनमा उनीहरुको रेटिङ र प्रदर्शनका आधारमा आंकलन गरिएको हो ।

तरपनि नेपाली बजारमा खेलाडीले पाउँदै आएको रकम भन्दा अन्तराष्ट्रिय बजारमा निकै माथि नेपाली फुटबलरको मुल्य रहेको छ ।
हेरौ कसको मुल्य कति छ ।

राष्ट्रिय खेलाडीको बजार मुल्य

२५ हजार डलर मूल्यको सूचीमा रहेका खेलाडी

भरत खवास
नवयुग श्रेष्ठ
अभिशेक रिजाल
सुनील बल
तेज तामाङ
विक्रम लामा
मिक्चेन तामाङ
सुवास गुरुङ
अजित भण्डारी
सुमन अर्याल
सरोज दाहाल
रंञ्जित धिमाल
विकेश कुथु
विशाल श्रेष्ठ

५० हजार डलर मुल्य भएका खेलाडी

रवी पासवान
देवेन्द्र तामाङ
अनन्त तामाङ
सुजल श्रेष्ठ
अञ्जन विष्ट

एक लाख भन्दा बढि मुल्य भएका खेलाडी

किरण चेम्जोङ १ लाख २५ हजार डलर
रोहित चन्द २ लाख ७५ हजार डलर

पछिल्लो पटक टिममा नरहेका खेलाडीको बजार मूल्य

विमल घर्तिमगर ७५ हजार डलर
दिनेश राजवंशी ५० हजार डलर
सन्तोष तामाङ २५ हजार डलर

Post Add 1025X115
Loading...