नेपालले बंगलादेशसँग कार्तिक २८ र मंसिर २ गते मैत्रीपुर्ण खेल खेल्ने

1

बंगलादेश फुटबल महासंघले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको छ ।

बीएफएफले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेल नाेभेम्बर १३ र १७ तारिखमा हुने बताएकाे छ । बंगलादेशले सार्वजनिक गरेकाे मिती नेपालकाे क्यालेन्डरमा कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ ।

दुबै खेल बंगलादेशकाे बंगबन्धु राष्ट्रिय रंगशालामा हुनेछन । बंगलादेशले नेपालविरुद्धकाे २ मैत्रीपुर्ण खेलका लागि ३६ सदस्यीय खेलाडीकाे सूची सार्वजनिक गरेकाे छ ।

काेराेनाका कारण करिव सात महिना बन्द भएकाे नेपाली फुटबललाइ राष्ट्रिय खेलकुद परिषदले गत साता प्रशिक्षण र मैत्रीपुर्ण खेलका लागि स्विकृती दिएकाे थियाे ।

यसका लागि एन्फाले दशैं लगत्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने जनाएको छ । फिफाकाे मैत्रीपुर्ण खेलकाे समयमा नेपालले बंगलादेशसँग २ मैत्रीपुर्ण खेल खेल्ने बताएकाे छ ।

फिफा विश्वकप छनोटको तयारीका रुपमा रहेको यो मैत्रीपुर्ण खेलपछि एन्फाले अरु देशसँगपनि थप खेल खेल्ने योजना बनाएको छ । एन्फालाई केहि साता अगाडी थप दुई देश मंगोलिया र अफ्रिकी देशको पनि मैत्रीपुर्ण खेलको प्रस्ताव आएको थियो । जसमा एन्फाले सबैलाई खेल्न तयार रहेको बताएपनि सरकारको स्विकृती नआउँदा कुरेर बसेको थियो ।

बंगलादेशविरुद्धको खेलका लागि नेपाल एक साता अगाडी नै ढाका पुग्नेछ । त्यहाँ गएर बंगलादेश सरकारले बनाएको कोभिड १९ को नियमलाई पालना गरेर टिमका सबै सदस्यको परिक्षण गरेपछि प्रशिक्षण गर्नेछ ।

एन्फाले यो मैत्रीपुर्ण खेलका लागि केहि दिनमा प्रशिक्षणमा आउने खेलाडीको नामावली सार्वजनिक गर्नेछ ।

Post Add 1025X115
Loading...