खेलका दाैरान नै न्यूजिल्याण्डका मार्क चपमानलाई कोरोना

0

कोरोना भाइरसका कारण प्रतियोगिताका बेला नै खेलाडीलाई कोरोना देखिएको छ । न्यूजिल्याण्डमा जारी प्लकेट सिल्डमा ब्याट्सम्यान मार्क चपमानलाई कोरोना पोजेटिभ देखिएको छ । उनको स्थानमा अक्ल्याण्डका बलर बेन लेस्टरले रिप्लेस गरेका छन ।

चपमान सोमबारबाट बिरामी परेको र पछि परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । उनको स्थामा लेस्टरलाई टिममा राखिएको छ ।

आइसीसीले नै कुनैपनि खेलका बेला कुनै खेलाडीमा कोरोना पोजेटिभ देखिएमा त्यसको रिप्लेस तुरुन्तै गर्न पाउने नियम बनाएको थियो । जुनमा गरेको यो निर्णयपछि पहिलो पटक खेलका बेला नै खेलाडीमा कोरोना देखिएको हो ।

न्यूजिल्याण्डका प्रशिक्षक गेरी स्टिडले पनि यो खेल हेरिरहेका थिए । उनले चपमानलाई कोरोना पोजेटिभ भएको ढिलो थाहा पाएको बताए । लक्षण देखिएपछि तुरुन्तै त्यसको उपाय अपनाउँदा अरुलाई कुनै दबाव नभएको उनले बताए ।

Post Add 1025X115
Loading...