विदेश आएर राम्रै निर्णय गरेजस्तो लाग्छ-अजय सुवाल (भिडियाे अन्तरवार्ता)

0

नेपालमा अहिलेपनि मौका पाएमा खेलाडी विदेशिने क्रम कायमै छ । अझैपनि नेपालमा खेलकुदमा लागेर जीवनयापन गर्न कठिन छ भन्ने मान्यता खेलाडीमा सर्वत्र छ । त्यसैले अझैपनि स्टार खेलाडीले देश छोडेर विदेशीने क्रम कायमै रहेको छ । भविष्य सुनिश्चित गर्न र राम्रो जीवनयापनका लागि धेरै खेलाडी विदेशिएका छन । त्यसमा कसैको बाध्यता छ भने कसैको योजना नै । यस्तै लामो समयदेखि उच्च शिक्षा गर्ने योजनाका साथ विदेशीएका खेलाडी हुन टेबल टेनिसका पूर्व खेलाडी अजय सुवाल ।

Advertisement

एक समय नेपालका नम्वर एक टेबल टेनिस खेलाडी सक्रिय खेलाडी जीवन छोडेर अष्ट्रेलिया हानिएका थिए । एक पटक उच्च शिक्षाका लागि विदेश जाने योजना भइरहेका बेला उनले खेलाडी जीवनको विचमा नै सबै छोडेर अष्ट्रेलिया पुगे ।

विभागिए टिम पुलिसको जागिर र नेपालमा पनि राम्रो खेलाडीको दर्जा बनाइसकेका सुवालले अष्ट्रेलिया गएर स्पोर्टस म्यानेजमेन्टमा मास्टर्स गर्ने लक्ष्यका साथ अष्ट्रेलिया पुगे । नेपालमा हाँसीखुसी जीवन विताइरहेका सुवालका लागि अष्ट्रेलियामा सुरुवाती दिनहरु भने त्यति सजिलो भएनन् । तर उनले धेरै दुःखपनि पाएनन् । किनकी उनका मामा पहिलेदेखि नै अष्ट्रेलियामा बस्दै आएका थिए । जाने वितिक्कै उनलाई परिवार मिस हुने कमै भयो । मामासँग करिव एक बर्ष बसेपछि उनले आफ्नो ब्यवस्थापन आफैले गरे ।

अष्ट्रेलिया पुगेपछि उनले थाहा पाए, काम सानो र ठूलो हुन्न भनेर । बर्षो टेबल टेनिस खेलेर बसेका अजयका लागि यो खेलबाट टाढा हुन त्यति सजिलो थिएन । त्यहाँ पुगेर पनि उनले आफ्नो क्षेत्रमा टेबलटेनिस खेल्ने ठाँउ खोजेर छाँडे ।

उनले एकै पटक टेबलटेनिस सिकाउने मौका पाएका भने होइनन्। राष्ट्रिय च्याम्पियनदेखि सागको मेडलिस्ट र विश्व च्याम्पियनसिपमा खेलेको अनुभव त थियो नै तर पनि विरानो देशमा कसले पत्याउनेरु त्यसैले सुरुमा उनी आफै खेल्न थाले। आफ्नो खेल कौशल देखाएपछि भने सबैको साथ र माया उनले पाइरहे।

उनले भने-सुरुमा त निकै गाह्रो नै थियो। खेल्दै गएँ। राम्रो खेल देखाएपछि बच्चाहरुलाई सिकाउने अवसर पाएँ। मैले सिकाएको एक बच्चा नेशनल च्याम्पियन पनि बन्यो। त्यसपछि भने सबैले मलाई विश्वास गरे। प्रशिक्षकको रुपमा काम गर्न पनि पाएँ ।

अस्ट्रेलियामा अजय पनि प्रत्येक खेलाडीलाई छुट्टा छुट्टै सिकाउँछन्। एक एक जना खेलाडीलाई घण्टाको हिसाबले सिकाउनु पर्ने अजय सुनाउँछन्।

नेपालमा व्यक्तिगत प्रशिक्षक राखेर सिकाउने कल्पना पनि गर्न सकिँदैन। सित्तैमा सिकाउँछौं भन्दा पनि नपठाउने अभिभावकले व्यक्तिगत प्रशिक्षक राखेर सिकाउने अलि परको कुरा। तर व्यक्तिगत प्रशिक्षक राखेर सिकाउँदा छिटो सिक्ने अजय भन्छन्। ‘मलाई सुरुमा अनौठो नै लाग्यो। यहाँ सबैलाई ब्यक्तिगत नै सिकाउनु पर्छ। नेपालमा त्यस्तो छैन। यसरी सिकाउँदा खेलाडीले छिटो सिक्दो रहेछ।’

नेपाली खेलाडीको स्तर नसुध्रिनुको एउटा कारण अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पनि हो। बैदेशिक अभ्यासमा पठाउने हो भने राम्रो नतिजा आउने अजयको तर्क छ। नेपालमै आएर टेबलटेनिसमा केही गरौं भन्ने मन अजयको नभएको भने होइन। यसैले भन्छन्, भविष्यमा नेपाल आएर एकेडेमी खोल्छु।

हेराै अजयकाे बिदेशीयपछिकाे अनुभव भिडियाेमा

Post Add 1025X115
Loading...