सञ्जु सामसन भारतीय टिममा नपर्नुकाे कारण ?

0

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सबाट खेलिरहेका सञ्जु सामसनको प्रदर्शनले यतिबेला जो कोहिले पनि चर्चा गरिरहेका छन । तर तिनै सञ्जु सामसन भारतीय राष्ट्रिय टिममा भने खेल्न पाएका छैनन् । उनले अन्तिम पटक टेष्ट र टी २० मा खेलेपछि एकदिवसिय टिममा भने अझै स्थान बनाउन सकेका छैनन् ।

भारतीय क्रिकेट टिमका लागि मुख्य दावेदार सामसनले बाउन्ड्रि हिर्काउन सक्ने क्षमता भएका खेलाडी हुन । अहिलेको आइपीएलमा गरेको प्रदर्शनका आधारमा उनले राष्ट्रिय टिममा पर्नका लागि छनोटकर्तालाई प्रष्ट रुपमा संकेत गरेका छन ।

तर उनी अहिलेसम्म भारतीय टिममा पर्न नसक्नुको मुख्य कारण उनको प्रदर्शन नै रहेको छ । सञ्जुको फर्ममा निकै उताडचडाव हामीले देखेका छौ । एक सिजनमा उत्कृष्ट खेलेमा अर्को सिजनमा उनको प्रदर्शन निकै तल हुने गरेको छ । सन् २०१३ देखि उनको आइपीएलमा गरेको प्रदर्शन हेर्ने हो भने सधै एक नासको रहेको छैन ।

सन् २०१३ मा उनले आइपीएलमा ११ खेल खेल्दा दुई सय ६ रन बनाएका थिए । जसमा एक अर्धशतक थियो । २०१४ मा उनले १३ खेलमा तीन सय ३९ रन बनाए जसमा दुई अर्धशतक थियो । यस्तै २०१५ मा उनले १४ खेलमा दुई सय चार रन बनाए । जसमा एक अर्धशतक सामेल थियो ।
२०१६ मा १४ खेलमा दुई सय ९१ रन बनाए जसमा एक अर्धशतक समावेश थियो ।

२०१७ मा उनले १४ खेलमा तीन सय ८६ रन बनाए । यसमा एक शतक र दुई अर्धशतक समावेश थियो । २०१८ को आइपीएलमा सामसनले १५ खेल खेल्दा चार सय ४१ रन बनाए । जसमा तीन अर्धशतक थियो । २०१९ मा उनले १२ खेलमा तीन सय ४२ रन बनाए । त्यसमा उनको एक शतक समावेश थियो ।

अहिलेको सिजनमा उनले नौ खेलमा दुई सय ३६ रन बनाएका छन । जसमा दुई अर्धशतक रहेको छ । उनको प्रदर्शनमा पुर्व क्रिकेटर सञ्जय माञ्जेकरले नियमित एक नासको प्रदर्शन गर्न नसक्दा उनी भारतीय टिममा नपरेको टिप्पणी गरेका छन । तर अझैपनि उनी युवा खेलाडी नै रहेको र भारतीय टिममा पर्ने मौका बाँकी नै रहेको उनको भनाई छ ।

Post Add 1025X115
Loading...