बिग ब्यास लिगमा विदेशी खेलाडीकाे नियम परिवर्तन, सन्दिपले फेरी माैका पाउने संभावना

0

बिग ब्यास लिगमा आगामी दुई संस्करणमा प्लेइङ सेटमा तीन जना विदेशी खेलाडी राख्न पाउने भएका छन । आगामी दुई सिजनका लागि आयोजक अष्ट्रेलिया क्रिकेटले नियम परिवर्तन गरेर तीन जना विदेशी खेलाडी राख्न पाउने बताएको छ ।

यसअघि स्थानीय क्रिकेटरलाई प्राथमिकतामा राख्ने नियमलाई अष्ट्रेलियन क्रिकेटले परिवर्तन गरेको छ । बिगब्यासमा अब कुल खेलाडीको ४० प्रतिशत विदेशी खेलाडीले खेल्न पाउने भएका छन । कोरोनाका कारण विगब्यास लिगको ड्राफ्ट अगष्टमा हुने भनिएपनि स्थगित भएको थियो ।

अब बिग ब्यास लिगमा हरेक टिमको सेटमा तीन जना विदेशी खेलाडी खेल्न पाउने नियम बनाएपछि थप २० जना विदेशी खेलाडीले खेल्ने मौका पाउने भएका छन ।

कोरोना भाइरसका कारण अन्तराष्ट्रिय क्रिकेट केहि समय स्थगित हुँदा राष्ट्रिय टिमको सिरीज पर्ने भएकाले पनि मुख्य खेलाडीले बिग ब्यास लिग खेल्न पाउने संभावना कम रहेको छ । जसका कारण अब त्यसमा विदेशी खेलाडीले मौका पाउने बताइएको छ ।
यसका साथै बिग ब्यास लिगमा भारतीय खेलाडीलाई पनि समावेश गर्नका लागि पनि पहल गरेको थियो । जसमा बीसीसीआईले पनि स्विकृती दिएको छ ।

बिग ब्यास लिगबाट विदेशी खेलाडी एवी डिभिलियर्स, केभिन पिटरसन, इयोन मोर्गन, डेल स्टेन, जोफ्रा आर्चर, रासिद खान, सन्दिप लामिछाने जस्ता खेलाडीले निकै चर्चा कमाएका थिए ।

यसअघि बिग ब्यास लिगमा दुई जना विदेशी खेलाडीमात्र खेल्न पाउने नियम थियो । नयाँ नियम अनुसार नेपाली खेलाडी सन्दिप लामिछानेका लागि अर्को अवसर सिर्जना भएको छ । पछिल्ला दुई सिजनमा उनले बिग ब्यास लिगमा राम्रो प्रभाव जमाएका छन ।

यो सिजनका लागि उनी अहिलेसम्म कुनैपनि टिममा फाइनल भइसकेका छैनन् । तर अब एक टिममा तीन जना खेल्न पाउने नियम आएपछि उनी पक्का पनि यो सिजनको बिग ब्यास लिग खेल्ने संभावना बढेको छ ।

Post Add 1025X115
Loading...