भारतीय प्रशिक्षक राजपुतलाई पाकिस्तानमा राेक, मुख्य प्रशिक्षक बिना नै जिम्बावेले खेल्ने

0

पाकिस्तानसँगको एकदिवसिय र टी २० सिरीजका लागि जिम्बावे टिम पाकिस्तान पुगेको छ । तर जिम्बावे टिमका मुख्य प्रशिक्षक लालचन्द राजपुत भने पाकिस्तान जान पाएनन् ।

जिम्बावे क्रिकेट टिमले मंगलबार जारी गरेको विज्ञेप्तीमा भारतीय प्रशिक्षक राजपुतलाई पाकिस्तान भ्रमणमा रोक लगाएका कारण उनी टिमसँग नगएको बताए । राजनितीक खिचातानीका कारण भारतले पाकिस्तानीलाई प्रवेशमा रोक लगाएको छ भने पाकिस्तानले पनि भारतीय नागरिकलाई रोक लगाएको छ । जसको सिकारमा राजपुत परेका छन ।

अब यो सिरीजका लागि जिम्बावे टिमको प्रशिक्षकमा बलिङ कोच डोगलास होन्डोले सम्हाल्ने भएका छन । भारतीय टिमका पूर्व खेलाडी समेत रहेका ५८ बर्षे राजपुतले भारतका लागि ६ वटा अन्तराष्ट्रिय खेल खेलेका छन । जसमा चार एकदिवसिय र दुई टेष्ट रहेका छन । उनले सन् १९८५ देखि १९८७ सम्म खेलेका थिए ।

उनी जिम्बावे क्रिकेट टिमको मुख्य प्रशिक्षकमा सन् २०१८ बाट निरन्तर रहेका छन । तिनै प्रशिक्षक नेपाली टिमको मुख्य प्रशिक्षकमा आउने चर्चा चलेको थियो । तर अन्तिम समयमा उनले जिम्बावे टिमसँग नयाँ सम्झौता गरेका थिए ।

जिम्बावे टिमले पाकिस्तानसँग विश्वकप सुपर लिग अन्तर्गत तीन एकदिवसिय खेल खेल्ने छ भने तीन टी २० सिरीजपनि खेल्नेछ । जिम्बावेले पाकिस्तानसँग रावलपिण्डीमा तीन एकदिवसिय खेल खेल्नेछ । यस्तै लाहोरमा तीन टी २० खेल्नेछ ।

Post Add 1025X115
Loading...