आइपीएलमा महङ्गाे रकममा अनुबन्ध भएका ४ फ्लप खेलाडी

0

इन्डियन प्रिमियर लिगको यो सिजन करिव आधा सकिएको छ । कोरोनाका कारण यूएईमा भएको प्रतियागितामा पहिलो सातामा नै दुई खेल सुपर ओभरमा गएका थिए भने एकै दिन दुई खेलपनि सुपर ओभरमा पुगे । यतिमात्र होइन आइपीएलको इतिहासमा एक खेल दुई पटकपनि सुपर ओभरमा पुग्यो । दर्शकविनाको खेल भएपनि रोमाञ्चकता भने निकै रहेको छ ।

Advertisement

लिगमा ३७ खेल सकिदा दिल्लीले आफ्नो प्रदर्शनलाई निकै राम्रो तरिकाले अगाडी बढाइरहेको छ । मुम्बई र बैंग्लोरले उसलाई पक्ष्याइरहेको छ । यी तीन टिम प्लेअफको निकै नजिक पुगिसकेका छन । वा भनौ लगभग छनोट नै भइसकेका छन । चौथो स्थानका लागि बाँकी पाँच टिमको प्रतिस्पर्धा चलिरहेको छ ।

यो सिजनमा अहिलेसम्म नसोचेका खेलाडीले राम्रो गरिरहेका बेला अक्सनमा ठुलो आशा गरेर मोटो रकम खर्च गरेका खेलाडी चल्न सकेका छैनन् । यस्तैमा आज हामी यो सिजनमा मोटो रकममा अनुबन्ध भएका पाँच फ्लप खेलाडीको बारेमा कुरा गर्नेछौ ।

प्याट कुमिन्स

अष्ट्रेलियन खेलाडी कुमिन्सलाई कोलकाताले १५.५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । सन् २०१४ मा पनि कोलकाताबाट खेलेका कुमिन्स त्यसपछि दिल्लीमा गएका थिए । यो सिजनमा उनले नौ खेल खेल्दा मात्र तीन विकेट लिएका छन । त्यो पनि ८.८२ को इकोनोमीका साथमा ।

उनले ब्याटिङमा भने केहि सन्तोषजनक खेल खेलेका छन । तरपनि उनले आशा गरे अनुरुप रन बनाउन सकेका छैनन् । किनकी उनले अहिलेसम्म एक सय २६ रनमात्र बनाएका छन । जसमा उनले एक पटक अर्धशतक बनाएका छन । जुन मुम्बई इन्डियन्सविरुद्धको खेलमा थियो । उनी यो सिजनमा धेरै रकम खर्च गरेर चित्त बुझ्दो प्रदर्शन गर्न नसकेका खेलाडी हुन ।

ग्लेन म्याक्सवेल

किंग्स इलावेन पञ्जावले म्याक्सवेललाई १०.७५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । सन् २०१४ मा जुन किसिमको प्रदर्शन उनले गरेका थिए, त्यसपछि पञ्जाले उनलाई छोड्न सकेको थिएन । तर यो सिजिनमा भने उनी फ्लप भएका छन । अलराउण्डर म्याक्सवेलले २०१४ मा टिमलाई फाइनलमा पुर्याउन ठूलो भूमीका खेलेका थिए ।

त्यो बेला पनि आधा भाग यूएईमा हुँदा म्याक्सवेलको ब्याट निकै चलेको थियो । त्यहि प्रदर्शन यो सिजनमा पनि आशा गरिएको थियो । तर उनी अहिलेसम्म मात्र ५८ रन बनाउन सफल भएका छन । त्यो पनि एक सय भन्दा मुनीको स्ट्राइक रेटमा । उनले बलिङमा पनि मात्र एक विकेट लिएका छन । जुन बैंग्लोरविरुद्धको खेलमा हात पारेका थिए ।

सेल्डोन कोट्रेल

सेल्डोनले आफुलाई भारतले वेष्ट इन्डिजको भ्रमण गर्दा निकै राम्रो बलर सावित गरेका थिए । त्यहि आधारमा पञ्जावले उनलाई ८.५ करोड भारतीय रुपैयाँमा भित्र्याएको थियो । ओपनर बलर कोट्रेलले स्विङ गर्नसक्ने भन्दै मुख्य तिब्रगतिका बलरका रुपमा भित्र्याएको थियो ।

यो सिजनको सुरुवातमा उनले केहि राम्रो खेलपनि देखाए । तर जतिजति प्रतियोगिता अगाडी बढ्यो, उनको स्यालुट गर्ने चलन देखिन छोडेका छ । उनले लिएका ६ विकेटमा चार विकेट सुरुवाती दुई खेलमा लिएका थिए । त्यसपछि चार खेलमा उनले मात्र दुई विकेट लिएका छन ।

जेम्स निसाम

न्यूजिल्याण्डका अलराउण्डर निसाम जहिले पनि आफ्नो ट्विट र सोसियल साइटमा लेख्ने भनाईका कारण चर्चामा रहने खेलाडी हुन । उनलाई पञ्जावले ५० लाख भारतीय रुपैयाँमा लिएको थियो । उनलाई पञ्जावले तीन खेलमा टिममा राखेको थियो ।

जसमा उनले एक पटक ब्याटिङ गर्दा सात रन बनाएका थिए । बलिङमा पनि उनले अहिलेसम्म मात्र १० ओभर बलिङ गर्न पाएका छन । जसमा उनले एक विकेटमात्र लिएका छन ।

अलराउण्डर भूमीकामा उनले निकै राम्रो गर्ने खेलाडीमा परेका थिए । तर त्यो आशा अनुसार उनले आफुलाई प्रमाणित गर्न सकेनन् ।

 

Post Add 1025X115
Loading...