मर्रे फेरी चाेटग्रस्ट, याे बर्षकाे बाँकी प्रतियाेगिता नखेल्ने

0

बेलायती खेलाडी एन्डी मर्रे फेरी घाइते भएका छन । जसका कारण उनले यो साता हुने एटीपी टुर अन्तर्गत जर्मनीमा हुने प्रतियोगिताबाट नाम फिर्ता लिएका छन ।

मर्रेको पेल्भिकमा समस्या देखिएको छ । पुर्व विश्व नम्वर एक टेनिस खेलाडी मर्रेले यो बर्षका बाँकी प्रतियोगितामा पनि सहभागिता जनाउने संभावना निकै कम रहेको छ ।

सन् २०१९ को जनवरीमा हिपको सल्यक्रियापछि सात महिना कोर्ट बाहिर रहेका मर्रे डेभिस कपका बेला फेरी चोट ग्रस्त भएका थिए ।

त्यसपछि उनी कोरोनाका कारण चार महिना रोकिएको टेनिसमा फेरी फिर्ता भएका थिए । जसमा उनले कोलोग्नमा उनले प्रतियोगिता खेलेका थिए । अघिल्लो सातापनि उनी फेर्नान्डो भेर्डास्कोसँग पराजित भएका थिए ।

तर उनको फेरी कम्मरमा समस्या देखिएको छ । मर्रेले कम्मर तलको भागमा फेरी समस्या देखिएको बताए । तीन पटकका ग्राण्डस्लाम विजेता मर्रेले फ्रेन्च ओपनको पहिलो चरण पार गर्न सकेनन् भने यूएस ओपनमा दोस्रो चरणबाट बाहिरीएका थिए ।

Post Add 1025X115
Loading...