गेटाफेसँग हार्‍यो बार्सिलोना, सिजनमा पहिलो पराजय

0

नेप्लेज । गेटाफेका स्ट्राइकर जाइमी माटाले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेपछि बार्सिलोनाले ला लिगामा यो सिजनको पहिलो पराजय ब्यहोरेको छ ।

५६ औं मिनेटमा जेने डाकोनामलाई बार्सिलोनाका फ्रेन्की डी जोंगले फल गरेपछि पेनाल्टीको अवसर पाउँदा माटाको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक नेटोले रोक्न सकेनन् ।

पहिलो हाफमा लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानले क्लोज रेन्जबाट पाएका अवसरमा गोल हुन सकेको थिएन । घरेलु टोली गेटाफेका जुहान हर्नान्डेजले खेल सकिनु ५ मिनेटअघि गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

गएराति नै भएको खेलमा बार्सिलोनाका चीर प्रतिस्पर्धी रियल मड्रिडले पनि यसै सिजन ला लिगामा बढुवा भएको काडिजसँग १(० ले हारेको थियो ।

रियल र बार्सिलोनाबीच यो सिजनको पहिलो उल क्लासिको अर्को आइतबार हुँदैछ । एल क्लासिको अगाडिको लिग खेलमा दुवै टिमले पराजय ब्यहोरेको सन् २००३ को अप्रिलपछि पहिलोपल्ट हो ।

हारका बाबजुद रियल ला लिगाको शीर्ष स्थानमा छ । रियलसँगै गेटाफे, काडिज र ग्रानाडाको पनि ५ खेलबाट समान १० अंक छ । ४ खेलबाट ७ अंकसहित बार्सिलोना नवौं स्थानमा छ ।

Post Add 1025X115
Loading...