काडिजसँग रियाल १-० ले स्तब्ध

0

स्पेनीस ला लिगामा रियाल मड्रिड काडिजसँग एक शुन्यले स्तब्ध भएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियाल नवप्रवेशी टिम काडिजसँग आश्चार्यजनक रुपमा पराजित भयो । यो हारले रियाललाई शिर्ष स्थानमा रहिरहनका लागि ठूलो धक्का लागेको छ ।

स्टार खेलाडीले भरिएको जिनेदिन जिदानको टिम रियालले खेलको १६ औं मिनेटमा गोल खान पुग्यो । अल्भारो नेग्रेडोको पासमा लोजानोले गोल गर्दै पाहुना टिम काडिजलाई अग्रता दिलाए ।

एक गोलले पछि परेको अवस्थामा रियालले आधा दर्जन प्रहार काडिजको पोष्टमा गरपनि गोल गर्न सकेन । जसमा लुकास जोभिक, टोनी क्रुस, लुका माड्रिच, भिसिनियस जुनियर, करिम बेन्जिमाले मौका पाएका थिए । तर उनीहरुको प्रहारलाई काडिजको डिफेन्स र गोलकिपरले विफल बनाए ।

जसका कारण काडिजका लागि लोजानोको एकमात्र गोल उसलाई तीन अंक दिलाउन पर्याप्त बन्यो । जारी सिजनमा रियालको यो पहिलो हार हो । यसअघि उसले सिजनको पहिलो खेलमा बराबरी खेलेको थियो ।

यो हारपछि रियालको पाँच खेलमा १० अंक छ । काडिजले पनि ६ खेलमा १० अंक बनाउँदै शिर्ष तीनमा पुगेको छ ।

Post Add 1025X115
Loading...