मुलर र लेवान्दाेस्कीकाे २-२ गाेलमा बार्यनकाे सहज जित

0

जर्मन बुन्डेसलिगामा साविक विजेता बार्यन म्युनिखले अर्मीनिया बिलिफिल्डविरुद्ध चार एकको फराकिलो जित निकालेको छ । यो जितपछि बार्यन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

अर्मीनियाको घरेलु मैदानमा भएको खेलमा बार्यनको जितमा थोमस मुलर र रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे ।

खेलको आठौं मिनेटमा नै थोमस मुलरको पासमा बार्यनले अग्रता बनाएको थियो । त्यसपछि २५ औं मिनेटमा लेवान्दोस्कीले गोल गर्दै टिमको अन्तर दुई शुन्यमा पुर्याए ।

त्यसपछि पहिलो हाफको अन्तिममा फेरी लेवान्दोस्कीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

पहिलो हाफमा नै तीन शुन्यको अग्रता बनाएको बार्यन्ले ५१ औं मिनेटमा मुलरले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । यसै सिजनमा शिर्ष डिभिजनमा बढुवा भएको अर्मीनियाले ५८ औं मिनेटमा एक गोल फर्काएका थियो । उसका लागि डोयनले गोल गरेका थिए ।

तर त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र बार्यनले सहज जित निकाल्यो । यो जितपछि बार्यनले चार खेलमा नौ अंक बनाएको छ । उसले अंकतालिकाको शिर्ष स्थानमा रहेको लाइपजिकसँगको दुरी एक अंकमा झारेको छ ।

Post Add 1025X115
Loading...