म्यानचेस्टर सिटीद्वारा आर्सनल पराजित, रहिमकाे एकमात्र गाेल निर्णायक

0

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले आर्सनललाई एक शुन्यले हरायो ।

घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीको जितमा रहिम स्ट्रलिङको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको सुरुवात देखि नै आक्रामक फुटबल खेलेको सिटीले २३ औं मिनेटमा नै अग्रत बनायो । उसका लागि रहिमले उत्कृष्ट गोल गरे ।

एक गोलले पछि परेको आर्सनलले त्यसपछि दुई वटा सुन्दर मौका पाएपनि गोल फर्काउन सकेन । पहिलो हाफमा एक गोलले अगाडी रहेको सिटीले दोस्रा हाफमा पनि तीन वटा सुन्दर मौका पाएका थिए ।

आजको खेलमा सिटीका सर्जियो अगुइरोले पनि खेलेका थिए । चोटका कारण गत जुनबाट मैदान बाहिर रहेका अगुइरो यो सिजनमा पहिलो पटक मैदानमा देखिएका थिए । उनले पनि दुई वटा मौका पाएका थिए, तर गोल गर्न सफल हुन सकेनन् ।

यता आर्सनलले दोस्रो हाफमा आक्रामक भन्दापनि काउन्टर अट्याकमा बढि जोड दिएको थियो । तर गोल फर्काउन सकेन । यो जितपछि सिटीले पाँच खेलमा सात अंक बनाएको छ । आर्सनलको पाँच खेलमा नौं अंक छ ।

यसअघि आर्सनल लिभरपुलसँग तीन एकले पराजित भएको थियो ।

Post Add 1025X115
Loading...