ज्लाटनकाे दुई गाेलमा एसी मिलानकाे लगातार चाैथाे जित

0

इटालीयन सिरी एमा एसी मिलानले लगातार चौथो जित निकालेको छ । शनिबार भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई दुई एक गोलले हरायो ।

मिलानोमा भएको खेलमा एसी मिलानको जितमा ज्लाटन इब्राहिमोविचले दुई गोल गरे । खेलको १३ औं मिनेटमा ज्लाटनको गोलमा अग्रता बनाएको एसी मिलानले १६ औं मिनेटमा पनि उनकै गोलमा अन्तर दुई शुन्यमा पुर्याए ।

यसपटक ज्लाटनले रफायल लिओको पासको सदुपयोग गरेका थिए ।

खेलको २९ औं मिनेटमा इन्टरले गोल गर्दै अन्तर कम गरेको थियो । उसका लागि रोमेलु लुकाकुले गोल गर्न सफल भए ।

तर त्यसपछि दुबै टिमबा थप गोल हुन सकेन र एसी मिलानले लगातार चौथो जित निकाल्यो । यो जितसँगै मिलानले चार खेलमा १२ अंक बनाउँदै शिर्ष स्थान कायम राखेको छ । इन्टर मिलानको चार खेलमा सात अंक छ ।

अर्को खेलमा लाजियो साम्पाडोरीयासँग तीन शुन्यले पराजित भयो ।

Post Add 1025X115
Loading...