ट्रान्सफर मार्केटमा किरण र राेहितकाे मुल्य कराेडाैमा

0

नेपाल राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङको मार्के भ्यालु पछिल्लो पटक निकै बढेको छ ।

ट्रान्सफर मार्केटले किरणको अहिलेको बजार भाउ एक करोड पाँच लाख भारतीय रुपैयाँ राखेको छ । अघिल्लो बर्ष माल्दिभ्सको टिसी स्पोर्टसबाट पञ्जावमा गएका किरणको अहिलेको बजार भ्यालु यति धेरै राखेको हो ।

तर अहिले उनको पञ्जावसँग सम्झौता सकिएको छ । किरण नेपालबाट खेल्ने खेलाडीको बरियतामा दोस्रो स्थानमा राखिएको छ । यस्तै गोलकिपरको पोसिजनबाट खेल्ने खेलाडीमा उनी तीन हजार ६ सय आठ जनामा परेका छन ।

यस्तै १९९० मा जन्मिएका खेलाडीमा उनको बरियता तीन हजार ८३ औं स्थानमा छ । यस्तै विश्वमा उनको फुटबलरको बरियता ४४ हजार नौ सय ९६ औं स्थानमा छ ।

भारतीय आई लिग खेल्ने खेलाडीको बरियतामा भने उनी १९ औं स्थानमा छन भने पञ्जाव टिमबाट खेल्ने खेलाडीको बरियतामा उनी चौथो स्थानमा छन ।

हाल नेपालमा नै रहेका किरणले भारतको मिर्नभा पञ्जावबाट पनि ब्यवसायीक फुटबल खेलेका छन ।

यस्तै रोहित चन्दको मार्केट भ्यालु सो वेबसाईटले साँढे दुई करोड भन्दा बढि देखाएको छ । अघिल्लो बर्षको डिसेम्बरमा अपडेट गरेका उनको अन्तिम बजार मुल्य दुई लाख ७५ हजार यूरो बताएको छ ।

२०१७ मा करिव साँढे एक करोड रुपैयाँ रहेको रोहितको मुल्य तीन बर्षमा दुई लाख ७५ हजार यूरो पुगेको छ । सन् २०१७ देखि रोहित निरन्तर मिर्नभा पञ्जावबाट खेलिरहेका छन ।

उनी नेपालबाट पहिलो बरियतामा राखिएको छ । डिफेन्स र मिडफिल्ड दुबै पोजिसनमा फिट हुने रोहितको सबै आँकडा किरणको भन्दा राम्रो छ ।

Post Add 1025X115
Loading...