धवनकाे शतकमा दिल्लीकाे सातौं जित, पुन: शिर्ष स्थानमा फर्कियाे

0

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले सातौं जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्ली फेरी लिगको शिर्ष स्थानमा उक्लिएको छ भने चेन्नेईको लिगमा छैटौं हार हो ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो ।

चेन्नाईको सुरुवात भने राम्रो रहेन । खाता नै नखोली साम कुरन आउट हुन पुगेका थिए । त्यसपछि सेन वाट्सन र फाफ डु प्लेसिसबीच ८७ रनको साझेदारी भएको थियो । वाट्सन व्यक्तिगत ३६ रन बनाएर आउट भए ।

त्यसपछि क्रिजमा आएका अम्बाती रायडू र प्लेसिसले चेन्नाईको स्कोर १०० रन कटाएका थिए । टिमको स्कोर १०९ रन भएका बेला प्लेसिस अर्धशतकीय पारि खेल्दै आउट भए । प्लेसिसले ४७ बलमा ६ चौका तथा २ छक्काको मद्दतले ५८ रन बनाएका थिए । कप्तान महेन्द्र सिंह धोनी भने तीन रनमा आउट भए ।

रायडू र रविन्द्र जडेजाले पारि अघि बढाएका थिए । उनीहरुले ५० रनको अभिजित साझेदारी गरेपछि चेन्नाईले सम्मानजनक स्कोर खडा गरेको थियो । रायडूले २५ बलमा ४५ रन बनाउँदा रविन्द्र जडेजाले पनि आक्रमक पारि खेले ।

जडेजाले १३ बलमा ३३ रन बनाएका थिए । दिल्लीका लागि एनरिच नोट्र्जेले २ विकेट लिँदा कागिसो राबडा र तुसार देशपाण्डेले एक एक विकेट लिए ।

जवाफमा दिल्लीले १९ ‌ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।

निकै खराव सुरुवात गरेको दिल्लीले खाता खोल्न नपाउँदै ओपनर पृथ्वी शा आउट भए । त्यसपछि २६ रनमा दोस्रो विकेट गुमाएको दिल्लीले ९४ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि उसको स्कोर एक सय ३७ रनमा चौथो विकेट गयो ।

दिल्लीका लागि अजिन्क्या राहाणेले आठ रन बनाए भने कप्तान श्रेयस ऐयरले २३ तथा मार्कुस स्टोनीसले २४ रनको योगदान गरे । यस्तै एलेक्स कारे चार रनमा आउट भए ।

दिल्लीको जितमा शिखर धवनले शतकीय पारी खेले । उनले ५८ बलमा १४ चाैका र एक छक्काकाे मद्दतले अविजित एक सय एक रन बनाए ।

याे जितपछि दिल्लीले नाै खेलमा १४ अङ्क बनाएकाे छ । चेन्नेइकाे भने नाै खेलमा ६ अङ्क छ ।

 

Post Add 1025X115
Loading...