आईपीएलमा रबाडाकाे रेकर्ड

0

दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका तीव्र गतिका बलर कागिसो राबाडाले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले विदेशी खेलाडीको रूपमा दिल्लीका लागि ५० विकेट लिने खेलाडीको उपलब्धि हासिल गरेका हुन् ।

Advertisement

रबाडा अब विदेशी खेलाडीको रूपमा दिल्लीका लागि सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन् । उनले हालसम्म दिल्लीका लागि ५० विकेट लिएका छन् । आज सीएसकेविरुद्ध एक विकेट लिएसँगै राबाडाले यो उपलब्धि हासिल गरे ।

साथै, उनले आईपीएलमा सर्वाधिक कम बल र कम म्याचमा ५० विकेट लिने खेलाडीको पनि कीर्तिमान बनाएका छन् । राबाडाले आईपीएलमा सर्वाधिक कम म्याचमा ५० विकेट लिने केकेआरका सुनील नारयनको कीर्तिमान भंग गरेका छन् ।

राबाडाले २७ म्याचमै आईपीएलमा ५० विकेट लिन सफल भएका छन् । यो सूचीमा लसिथ मालिंगा तेस्रो स्थानमा छन् । उनले आईपीएलमा ३३ म्याचमा ५० विकेट लिएका थिए । त्यस्तै, रबाडाले सर्वाधिक कम बलमा ५० विकेट लिने मामलामा मलिंगाको कीर्तिमान तोडेका छन् । मालिंगाले ७ सय ४९ बलमा ५० विकेट लिएका थिए । रबाडाले भने ६ सय १६ बलमै ५० विकेट लिन सफल भए ।

 

Post Add 1025X115
Loading...