ला लिगामा एथ्लेटिको मड्रिडको सहज जित

0

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ ।

शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एथ्लेटिकोको जितमा लुईस स्वारेज र एनरिक कारासोकोले गोल गरेका थिए ।

छैटौं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई स्वारेजले अग्रता दिलाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा एनरिकले गोल गरेपछि मड्रिड सहज जित निकाल्न सफल भयो ।

Post Add 1025X115
Loading...