प्रिमियर लिगमा चेल्सी र साउथह्याप्टनले अंक बाँडे

0

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र साउथह्याम्पटनले अंक बाँडेका छन् । आज भएको खेलमा दुवै टीमले तीन तीन गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् । टिमो वार्नरले १५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

Advertisement

२८ औं मिनेटमा वार्नरले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । ४३ औं मिनेटमा साउथ ह्याप्टनका डेनियल विलियम्सले गोल गरेपछि पहिलो हाफमा चेल्सी २–१ गोल अन्तरले अघि रहेको थियो ।
५७ औं मिनेटमा सि एडम्सले गोल गरेपछि साउथ ह्याप्टनले खेल २–२ गोलको बराबरीमा ल्याएको थियो । त्यसको २ मिनेट पछि नै कि हाफेजले गोल गरेपछि चेल्सी ३–२ ले अघि बढेको थियो । तर अतिरिक्त समयको दोस्रो मिनेटमा साउथ ह्याम्प्टनका लागि जननिक वेस्टरगार्डले गोल गरेपछि चेल्सी जितिसकेको म्याचमा पनि अंक बाँड्न बाध्य भयो ।

 

Post Add 1025X115
Loading...