एनसीएसएस रुपन्देहीको संयोजकमा मोहन ज्ञवाली

0

बुटवल । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) रुपन्देहीको संयोजकमा मोहन ज्ञवाली चयन भएका छन् ।

एनसीसएसएस रुपन्देहीको आज भएको वार्षिक साधारणसभाले बार्सिक कार्ययोजना पारित गर्दै नयाँ कार्यसमिति पनि सर्वसम्मत चयन गरेको हो । ज्ञवालीको संयोजकत्वमा समिति गठन भएकोमा सह संयोजकमा माधव शर्मा, सचिवमा नारायण अधिकारी, सह सचिवमा हरि गैरै र कोषाध्यक्षमा शिबराज गौतमलाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा प्रेम पौडेल, सुरज काफ्ले, मदन अर्याल,मधुसुदन उपाध्याय, हरि गौतम र सन्देश केसी चयन भएका छनज् । यसैगरी संस्थाको सल्लाहकारमा तारा प्रसाद पाठक र राजु रानालाई चयन गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

एनसीएसएसले जिल्ला समन्वय समिति गठन गरे लगत्तै रुपन्देहीमा आयोजना हुने क्रिकेट गतिविधिमा भोलेन्टियर (स्वयंसेवक) को रुपमा काम गर्दै आएको छ ।

Post Add 1025X115
Loading...