आईपीएलमा जडेजाको विस्फोटक पारि, चेन्नाईले दिल्लीलाई दियो १८० रनको चुनौती

0

इन्डियन प्रिमियिर लिग क्रिकेट आईपीएलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १८० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो ।

चेन्नाईको सुरुवात भने राम्रो रहेन । खाता नै नखोली साम कुरन आउट हुन पुगेका थिए । त्यसपछि सेन वाट्सन र फाफ डु प्लेसिसबीच ८७ रनको साझेदारी भएको थियो । वाट्सन व्यक्तिगत ३६ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका अम्बाती रायडू र प्लेसिसले चेन्नाईको स्कोर १०० रन कटाएका थिए । टिमको स्कोर १०९ रन भएका बेला प्लेसिस अर्धशतकीय पारि खेल्दै आउट भए । प्लेसिसले ४७ बलमा ६ चौका तथा २ छक्काको मद्दतले ५८ रन बनाएका थिए । कप्तान महेन्द्र सिंह धोनी भने तीन रनमा आउट भए ।

रायडू र रविन्द्र जडेजाले पारि अघि बढाएका थिए । उनीहरुले ५० रनको अभिजित साझेदारी गरेपछि चेन्नाईले सम्मानजनक स्कोर खडा गरेको थियो । रायडूले २५ बलमा ४५ रन बनाउँदा रविन्द्र जडेजाले पनि आक्रमक पारि खेले । जडेजाले १३ बलमा ३३ रन बनाएका थिए ।
दिल्लीका लागि एनरिच नोट्र्जेले २ विकेट लिँदा कागिसो राबडा र तुसार देशपाण्डेले एक एक विकेट लिए ।

Post Add 1025X115
Loading...