डिभिलियर्सकाे विस्फाेटक ब्याटिङमा बैंग्लाेरकाे राेमाञ्चक जित

0

इन्डियन प्रिमियर लिग आइपीएलमा बैंग्लोरले छैटौ जित निकालेको छ । शनिबार भएको खेलमा बैंग्लोरले राजस्थानलाई सात विकेटले हरायो ।

दुबई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजथानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७७ रन बनायो ।

बलियो सुरुवात गरेको राजस्थानले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । उसका ओपनर बेन स्टोक ब्यक्तिगत १५ रनमा आउट भयो । यस्तै रविन उथप्पाले ४१ रनको योगदान गरे भने सञ्जु सामसानले मात्र नौ रन जोडे ।

६९ रनमा तीन विकेट गुमाएको राजस्थानका लागि स्टिभ स्मिथ र जोस बट्लरले ५८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । जसमा बटलरले २४ रन बनाए ।

यस्तै कप्तान स्मिथले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाए ।

यस्तै राहुल टिवाटीयाले पनि १९ रनको योगदान गरे । बलिङमा क्रिस मोरिसले चार तथा युज्भेन्द्र चाहलले दुई विकेट लिए ।

जवाफमा बैंग्लोर १९ ओभर चार बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।

एक समय बलियो देखिएको बैंग्लोरले अन्तिममा राम्रो रन हान्न नसक्दा हार ब्यहोर्न बाध्य भयो । २३ रनमा पहिलो विकेट गुमाएको बैंग्लोरले एक सय दुई रनमा तीन विकेट गुमाएको थियो ।

उसका लागि देवदत्त पाडिकलले ३५ रन बनाए भने आरोन फिन्सले १४ रनको योगदान गरे । यस्तै कप्तान विराट कोहलीले ४३ रन बनाउँदा अन्तिममा एवी डिभिलियर्सले अन्तिममा विस्फोटक ब्याटिङ गर्दै टिमलाई जित दिलाए ।

उनले १९ औं ओभरमा लगातार तीन छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । जसमा डिभिलियर्सले २२ बलमा एक चाैका र ६ छक्काकाे मद्दतमा ५५ रन बनाए ।

याे जितपछि बैंग्लाेरकाे ९ खेलमा १२ अंक भएकाे छ।  राजस्थानकाे ९ खेलमा ६ अंक छ ।

Post Add 1025X115
Loading...