सेभिया ग्रानाडासँग पराजित

0

स्पेनीस ला लिगामा सेभिया ग्रानाडासँग पराजित भएको छ ।

घरेलु मैदानमा शनिबार भएको खेलमा ग्रानाडाले सेभियालाई एक शुन्यले हरायो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८२ औं मिनेटमा ग्रानाडाले अग्रता बनायो । उसका लागि हिरीराले गोल गर्न सफल भए ।

पहिलो हाफमा सेभियाले दबाव दिएपनि पाएका मौकाको सदुपयोग गर्न सकेन ।

तर खेलको अन्तिममा पाएको मौकालाई ग्रानाडाले गोलमा परिणत गर्ने टिमलाई तीन अंक हासिल गर्यो ।

यो जितपछि ग्रानाडाले पाँच खेलमा १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

सेभिया भने सातौं स्थानमा छ । उसको सात अंक छ ।

Post Add 1025X115
Loading...