युभेन्टकाे पुरै टिम आइसाेलेसनमा

0

इटालियन क्लब युभेन्ट्सले आफ्नाे पुरै टिमलाई आइसाेलेसनमा राखेकाे छ । उसका मिडफिल्डर वेस्टन म्याकेनीलाई कोरोना पाेजेटिभ देखिएपछि पुरै टिमलाई आइसाेलेसनमा राखेकाे हाे ।

दुई दिनमा युभेन्ट्सका दुई खेलाडीमा काेराेना देखिएकाे हाे । यसअघि मङ्गलबारमात्र क्रिस्टियानाे राेनाल्डाेलाई काेराेना पाेजेटिभ भएकाे थियाे ।

बुधबार मिडफिल्डर वेस्टनलाई कोरोना संक्रमण भएको पुष्टि युभेन्टसले जनाएकाे छ । २२ वर्षीय वेस्टनलाई पोजेटिभ देखिएपछि सेल्फ आईसोलेसनमा बसेका छन । 

अमेरिकी मिडफिल्डर वेस्टन जर्मन क्लब साल्केबाट यसै सिजनमा लोनमा युभेन्ट्स गएका थिए । यस सिजन उनले युभेन्ट्सका लागि २ खेल खेलेका छन् ।

Post Add 1025X115
Loading...