कोरोना संक्रमणका कारण नम्बर एक गल्फर जोन्सनले प्रतियोगिता छाडे

0

नेप्लेज । विश्व नम्बर एक गल्फर डस्टिन जोन्सनलाई कोरोना संक्रमण भएको पीजीए टूरले जानकारी गराएको छ ।

३६ वर्षीय जोन्सन सेल्फ आइसोलेसनमा बसिरहेका छन् तर उनले अक्टोबर १५ देखि सुरु हुने सीजे कप गल्फ प्रतियोगिताबाट बाहिरिनुपरेको छ ।

अमेरिकी यी गल्फरले पछिल्लापल्ट सेप्टेम्बरमा युएस ओपन खेलेका थिए । जहाँ उनी छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएका थिए ।

‘म निकै निराश छु । म यसै साता प्रतियोगिता खेल्ने दिन कुरेर बसेको थिएँ तर जति छिटो सकिन्छ म खेलमा फर्कने प्रयास गर्नेछु,’ जोन्सनले भने ।

सोमबार जोन्सनले टूर अधिकारीलाई आफूमा कोभिड(१९ सँग मिलदोजुल्दो लक्षण देखिएको जानकारी गराएको थिए । लगत्तै उनको परीक्षण गरिएको थियो ।

पीजीए टूरले एक वक्तव्यमा भनेको छ, ‘जोन्सनले सीडीसीको मापदन्ड पूरा गरी सेल्फ आइसोलेसनमा बस्नेछन् ।’

Post Add 1025X115
Loading...