नेशन्स लिगमा स्पेनको अप्रत्यासित हार

0

नेप्लेज । युईएफए नेशन्स लिगको शीर्ष डिभिजिनको समूह चारमा रहेको स्पेनले गएराति सम्पन्न खेलमा युक्रेनसँग १-० गोलको अप्रत्यासित पराजय ब्यहोरेको छ ।

Advertisement

युक्रेनको किभस्थित ओलम्पिक रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीका लागि भिक्टार सिगानकोभले ७५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि खेलमा हाबी भएर पनि स्पेनले गोल गर्न सकेको थिएन ।

हारका बाबजुद स्पेन ४ खेलबाट ७ अंकसहित समूह चारको शीर्ष स्थानमा यथावत छ । समान खेलबाट २ जित र २ हारपछि ६ अंकबनाएको युक्रेन गोलअन्तरमा जर्मनीसँग पछि पर्दै अंकतालिकाको तेस्रो स्थानमा छ ।

Post Add 1025X115
Loading...