नाडालकाे रेकर्ड कसैले पनि ताेड्न सक्दैनन-मुर्रे

0

पूर्व विश्व नम्वर एक टेनिस खेलाडी एन्डी मुर्रेले रफायल नाडालले फ्रेन्च ओपनमा बनाएको रकेर्ड कसैले पनि तोड्न नसक्ने बताएका छन ।

आइतबार भएको फाइनलमा नोभाक जोकोभिचलाई पराजित गरेर नाडालले १३ औं पटक फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

बेलायती खेलाडी मर्रेले उनको यो रकेर्डलाई कसैले तोड्न नसक्ने बताए । नाडालले त्यो उपाधि जितेसँगै करियरमा ग्राण्डस्लामको संख्या २० पुर्याएका थिए ।

यसअघि फ्रेन्च ओपन धेरै पटक जित्ने खेलाडीमा ब्जोर्न बोर्ग थिए । उनले सन् १९७४ देखि १९८१ सम्म ६ पटक फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

मर्रेले नाडालले हात पारेको उपलब्धि निकै दुर्लभ रहेको र यो कसैले दोहोर्याउन नसक्ने बताए । यसअघि रोजर फेडेररले पनि नाडालले हात पारेको उपलब्धि खेलकुदको सबै भन्दा ठूलो उपलब्धि रहेको बताएका थिए ।

अब नाडालले सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको शिर्ष स्थानमा बराबरी गर्नका लागि एक उपाधि टाढा छन ।

Post Add 1025X115
Loading...