नाडाललाई १३औं फ्रेन्च ओपन र समग्रमा २०औं ग्रान्डस्लाम उपाधि

0

स्पेनीस खेलाडी रफायल नाडालले फ्रेन्च ओपनको उपाधि १३ औं पटक जित्न सफल भएका छन । यसका साथै उनले सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीमा रोजर फेडेररसँगपनि बराबरी गरेका छन ।

फ्रान्सको पेरिसमा भएको खेलमा नाडालले विश्व नम्वर एक नोभाक जोकोभिचलाई तीन शुन्यको सोझो सेटमा हराए ।

क्ले कोर्टका राजा मानिने नाडालले जोकोभिचलाई ६–०, ६–२ र ७–५ को सेटमा पराजित गरे । पहिलो सेटमा तीन सर्भिस ब्रेक गरेर छ शुन्यले जितेका नाडालले दोस्रो सेटमा पनि जोकोभिचको एक सर्भिस ब्रेक गरेका थिए । जसका कारण उनले ६ दुईले आफ्नो पक्षमा पारे ।

तेस्रो सेटमा भने नाडालले जोकोभिचबाट कडा टक्कर पाएका थिए । तरपनि उनले टाइब्रेकरमा सात पाँचले जित्न सफल भए ।

यो उपाधिसँगै नाडालले करियरमा कुल ग्राण्डस्लामको उपाधि २० वटा पुर्याएका छन । यसका साथै उनले स्विस खेलाडी रोजर फेडेररसँगपनि बराबरी गरेका छन ।

३४ बर्षे नाडालले २० ग्राण्डस्लाममा १३ वटा फ्रेन्च ओपन रहेको छ । बाँकी ग्राण्डस्लाममा अष्ट्रेलियन ओपन एक पटक, विम्बल्डन दुई पटक र यूएस ओपन तीन पटक जितेका छन ।

Post Add 1025X115
Loading...