८ महिना खालि हुंँदा लाेभलाग्दाे बन्याे कीर्तिपुर क्रिकेट मैदान (भिडियाे)

0

कीर्तिपुर क्रिकेट मैदानमा कुनैपनि प्रतियोगिता नभएको करिव आठ महिना हुन लाग्यो । अन्तिम पटक कीर्तिपुर मैदानमा आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरीज भएको थियो ।

त्यसपछि कोरोनाले लकडाउन भएपनि यो मैदानमा काम बाहेक अरु केहि भएको छैन । लकडाउनका विचमा पनि नियमित तरिकाले कामदारले आफ्नो कामलाई निरन्तरता दिए ।

कीर्तिपुर मैदानमा अहिले जुन किसिमको मैदान देखिएको छ, सायदै हिलो पटक यस्तो देखिएको होला । मैदानको घाँसलाई बुट्टेदार तरिकाले काटिभएको छ भने पिचमा पनि मज्जाले घाँस उमार्ने समय पाएका छन ।

त्यसैले पनि सधै सुख्खा देखिने पिच यतिबेला हरियो देखिएका छन । यतिमात्र होइन, मैदानको आउट फिल्डमा रहेको जंगली घाँसलाई पनि केहि हदसम्म निकालिएको छ ।

अझैपनि मैदानको पिचको काम निरन्तर भइरहेको छ । यतिबेला कीर्तिपुर मैदानमा जाँदा साच्चिकै राम्रो देखिन थालेको छ ।

हेरौ भिडियोमा

Post Add 1025X115
Loading...