फ्रेन्च ओपन फाईनल: नाडाललाई फेडेररसँग बराबरी गर्ने माैका

0

कोरोना भाइरसका कारण अस्तब्यस्त बनेको टेनिसको क्यालेन्डसरलाई फेरी ट्रयाकमा ल्याउन विश्व टेनिस महासंघ निकै सक्रिय देखिएको छ । जसका कारण उसले लगातार दुई वटा ग्राण्डस्लामको आयोजना गरेको छ । जसमा फ्रेन्च ओपन आज (आइतबार) राति सकिदैछ ।

यो बर्षको सर्वाधिक ठुलो भिडन्तका रुपमा हेरिएको नोभाक जोकोभिच र रफायल नाडालको खेल यो बर्षको हाइ प्रोफाइल खेल मानिएको छ । यी दुई खेलाडी जहिलेपनि भिडेका छन, कहिलेपनि सहज रुपमा जित भने भएको छैन ।

टेनिसमा नाडाल र जोकोभिचको प्रतिस्पर्धा सर्वाधिक ठुलो मानिन्छ । क्ले कोर्टका राजा मानिने नाडाल यसपटक १३ औं फ्रेन्च ओपनको प्रतिक्षामा रहेका छन । यता जोकोभिच पनि यूएस ओपनमा अयोग्यको ट्याग लागेर बाहिरीदाको पिडा फ्रेन्च ओपनमा आएर पुरा गर्नेछन ।

फ्रेन्च ओपनको फाइनलमा खेल्दा जोकोभिच र नाडालको भिडन्त ५६ औं खेल हुनेछ । जसमा अहिलेसम्म खेलका ५५ भिडन्तरमा जोकोभिचले २९ खेल खेलेका छन भने नाडालले २६ खेलमा जित निकालेका छन ।

ग्राण्डस्लाममा यी दुई खेलाडी १५ पटक खेलेका छन । जसमा आठ पटक फाइनलमा मात्र एकअर्का विरुद्ध उत्रिएका छन । जसमा दुबैले चार चार पटक जितेका छन । फ्रेन्च ओपनको फाइनलमा भने यी दुई खेलाडी तेस्रो पटक खेल्दैछन ।

यसअघि सन् २०१२ र २०१४ मा खेल्दा नाडालले जितेका छन । फ्रेन्च ओपनमा मात्र यी दुई खेलाडी सात पटक उत्रिदा ६ खेलमा नाडालले जितेका छन भने एक खेल जोकोभिचको पक्षमा गएको छ ।

फ्रेन्च ओपनको फाइनलमा पुगेपछि नाडालले एक खेल पनि हारेका छैनन । यतिमात्र होइन विश्वमा क्ले कोर्टमा खेलिने टेनिस प्रतियोगितामा दुई पटक मात्र नाडालले हारेका छन ।

यदि नाडालले आजराति फ्रेन्च ओपनको उपाधि जितेमा धेरै पटक ग्राण्डस्लामको उपाधि जित्ने सूचीमा रोजर फेडेररसँग बराबरी गर्नेछन ।

Post Add 1025X115
Loading...