खेलाडीको बीमाका लागि कार्यविधि बनाउन समिति गठन

0

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी बिमाको कार्यविधी बनाउन राखेपले बोर्ड सदस्य इन्दिरा निरौलाको संयोजकत्वमा खेलाडी बिमा र खेलाडी परिचय पत्र व्यवस्थापनका लागि कार्यविधी बनाउन ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई बिभिन्न निकायसंग छलफल गरेर खेलाडी बिमा र परिचय पत्र व्यवस्थापनको कार्यविधी बनाउन भनिएको छ ।

समितिमा डेमबहादुर बस्नेत, इन्द्रबहादुर कार्की, रिखीराम पोखरेल र दिपक श्रेष्ठ सदस्य रहेका छन् ।

बस्नेत, कार्की र पोखरेल परिषद्का विभागीय प्रमुख हुन् भने श्रेष्ठलाई खेलाडीको प्रतिनिधिको रुपमा समितिमा राखिएको छ ।

राखेपले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको जीवन बिमा, स्वास्थ्य बिमा, दुर्घटना बिमाको कार्यविधी बनाउनेछ ।

Post Add 1025X115
Loading...