अब चाँडै राखेपमा कार्यकारी समिति : मन्त्री विश्वकर्मा

0

मुक्तिबाबु रेग्मी ।
राष्ट्रिय खेलकुद परिषद् राखेपमा कार्यकारी समिति बनाउनु पर्ने भएको छ । खेलकुद विकास ऐन २०७७ अनुसार ३७ सदस्यीय राखेपको बोर्ड गठन गर्ने प्रावधान राखिएको छ ।

बोर्डका लागि मन्त्रिपरिषद् र युवा तथा खेलकुद मन्त्रालयले गर्ने नियुक्ति पुरा भएको छ । अब विभिन्न निकायबाट आउने पदेन सदस्यहरुको मात्र नाम आउन बाँकी रहेको जनाइएको छ । त्यो पनि मन्त्रालय माग गर्दा आइहाल्ने अवस्था रहेको छ । किन भने विभागहरु (नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी)बाट प्रतिनिधिहरु आउने छन् ।

यसैगरी शिक्षामन्त्रालयबाट सचिव वा सहसचिव पनि पदेन राखेपको सदस्य रहने प्रवाधान रहेको छ । यसैगरी विभिन्न विश्वविद्यालयबाट पनि सदस्य आउनका लागि उतैबाट सिफारिस हुनुपर्ने छ । अब मन्त्रिपरिषद् र मन्त्रालये गर्ने नियुक्तिको काम सकिएकाले परिषदको कार्यकारी समिति गठन गर्नुपर्ने छ ।

यो समितिले युवा तथा खेलकुदमन्त्रीले गठन गर्ने छन् । सात सदस्यीय रहने कार्यकारी समिति भने राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिवको संयोजकत्वमा हुने छ । उक्त समितिमा मन्त्रालयको खेलकुद महासाखा प्रमुख, परिषद्का सदस्यहरुबाट कम्तिमा २ जना महिलासहित ४ जना र परिषद्को प्रशासन महाशाखा प्रमुख समितिकाे सचिव रहने गरि सात जनाको कार्यकारी समिति हुने छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेप्लेजसँग कुरा गर्दै अब चाँडै कार्यकारी समिति गठन हुने बताए । उनले भने ‘मनोनित गर्ने काम सकिएकाले राखेपको संरचना अनुसार कार्यकार समिति अब चाँडै गठन हुन्छ ।’ कार्यकारी समिति गठनको प्रक्रिया शुरु भइसकेको जनाउँदै चाँडै निर्णयमा पुगिने बताए ।

Post Add 1025X115
Loading...