प्रशिक्षण सुरु गर्न ढिला नगरौं-किरण चेम्जाेङ (भिडियाे कुराकानी)

0

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य गोलरक्षक हुन् किरणकुमार चेम्जोङ । भारतको आई लिग क्लब मिनर्वा पन्जावबाट व्यवसायिक फुटबल खेल्ने उनी कोरोना भाइरसको महामारी फैलन नदिन देशभर लागू गरिएको लकडाउनका लागि पछिल्लो ६ महिनादेखि घरमै छन् ।

लकडाउनको समयमा घरमै फिटनेस अभ्यास गरेका उनी लकडाउन खुलेयता सातदोवाटो मैदानमा गएर बलसँग अभ्यास गर्न थालेका छन् । लकडाउनका कारण खेलाडीको प्रदर्शन स्तर खस्किएकोमा उनको चिन्ता छ । नेपालले सन् २०२१ को सुरुआतदेखि नै विश्वकप छनोट अन्तर्गतका बाँकी खेलहरु खेल्नुपर्ने छ ।

अस्ट्रेलिया, जोर्डनजस्ता टिमको सामना गर्नुपर्ने नेपाल टिमको प्रशिक्षण गर्न अहिलेसम्म सरकारले अनुमति दिएको छैन । लामो समयदेखि घरमै थन्किएका फुटबलरलाई बलसँगको प्रशिक्षणमा फर्काउन ढिला भइसकेको किरणको तर्क छ ।

कम्तिमा २ महिना अभ्यास र केहि मैत्रीपूर्ण फुटबल खेलेर विश्वकप छनोटका लागि टिम तयार गर्नका लागि तत्कालै प्रशिक्षण अनुमति प्रदान गर्न उनले सरकारसँग आग्रहसमेत गरेका छन् ।

हेराै भिडियाेमा किरणसँगकाे कुराकानी

Post Add 1025X115
Loading...