फुटबल बन्द हुँदा पनि किरण प्रशिक्षणमा ब्यस्त (भिडियाे)

0

कोरोना भाइरसका कारण यतिबेला खेलकुद गतिविधी ठप्प नै छ । जसका कारण खेलाडीहरु घरमै बस्न बाध्य छन । उनीहरुले आफ्नो तरिकाले ब्यक्तिगत फिटनेसलाई ध्यानमा राखेर सामान्य प्रशिक्षण गरिरहेका छन ।

Advertisement

लकडाउनका कारण घरमै बस्दा वाक्क भइसकेका खेलाडीलाई कसरी प्रशिक्षणमा ल्याउने भन्ने कुनै योजना छैन । यतिमात्र होइन, नेपाल सरकारले नै खेलकुदलाई सुचारु गर्नका लागि कुनै ठोस योजना बनाएको छैन ।

तरपनि खेलाडीहरु आफ्नो तरिकाले कसरी हुन्छ आफुलाई फिट राख्नका लागि ध्यान दिइरहेका छन । यस्तैमा राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पछिल्लो केहि समयदेखि नियमित प्रशिक्षणमा रहेका छन । उनले पछिल्लो पटक गोलकिपर प्रशिक्षकको पनि सहयोग लिएर बलसँग प्रशिक्षण गरिरहेका छन ।

कोरोनाका कारण भारतमा पनि लिग बन्द भएकाले केहि समय उतै लकडाउनमा परेका थिए । करिव एक महिनापछि उनी नेपाल आएका थिए ।
किरणले खेलाडीलाई फुटबल खेल्न नपाउँदा निकै कठिन भएको बताए ।

हेरौ फुटबल नभएका बेला किरणको प्रशिक्षण

 

 

Post Add 1025X115
Loading...