मर्रे फ्रेन्च ओपनकाे पहिलाे चरणबाट बाहिर

0

बेलायती खेलाडी एन्डी मर्रे फ्रेन्च ओपन टेनिसको पहिलो चरणबाट नै बाहिरीएका छन ।

पेरीसमा आइतबार राति भएको खेलमा मर्रे स्टान वावरिन्कासँग तीन शुन्यको सोझो सेटमा पराजित भए ।

चोटका कारण लामोसमय पछि ग्राण्डस्लाममा उत्रिएको मर्रे स्टानसँग छ एक, छ तीन र छ दुईको सेटमा पराजित भए ।

स्टानले पहिलो सेट छ एकले जितेका थिए भने दोस्रो सेट छ तीनले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा पनि मर्रे छ दुईले पराजित भए ।

अर्को खेलमा जापानी खेलाडी की निसिकोरीले दोस्रो चरणमा स्थान बनाए । उनले ब्रिटिस नम्वर एक खेलाडी इभान्सलाई तीन दुईको सेटमा हराए ।

जसमा निसिकोरीले छ एक, एक छ, सात छ, छ एक र चार छ को सेटमा पराजित गरे ।

Post Add 1025X115
Loading...