अजरेन्का र हालेप फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

0

बेलारुसी खेलाडी भिक्टोरीया अजरेन्का फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन ।

Advertisement

यूए ओपनको उपविजेता अजरेन्काले मोन्टेनेग्रोकी डान्का कोभिनीकलाई दुई शुन्यको सोझो सेटमा हराए ।

पेरिसको मौसम निकै चिसो हुँदा अजरेन्काले अफिसियलसँग आलोचना गरेकी थिइन । जसका कारण उनले पहिलो सेटपछि ४५ मिनेटको ब्रेक लिएकी थिइन ।

अजरेन्काले पहिलो सेट ६–१ ले जितेकी थिइन भने दोस्रो सेटमा ६–२ को जित निकालेकी थिइन । उनले खेल जित्नका लागि एक घण्टा भन्दा बढि समय लगाएकी थिइन ।

दोस्रो चरणमा अजरेन्काले भेनस विलियम्स र एना सेमिडलोभाविचको विजेतासँग खेल्नेछिन ।

रोमानियन खेलाडी सिमोना हालेप फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन ।

उनले स्पेनीस खेलाडी सोरिबेस टिर्मोलाई दुई शुन्यको सोझो सेटमा पराजित गरिन । हालेपले पहिलो सेटमा ६–४ को जित निकालिन भने दोस्रो सेटमा ६–० ले विजयी भइन ।

 

Post Add 1025X115
Loading...