१९ बर्षे सिनर फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

0

इटालीयन युवा खेलाडी जानीक सिनर फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन ।

आइतबार साँझ भएको खेलमा सिनरले बेल्जियन खेलाडी डेविड गोफिनलाई तीन शुन्यको सोझो सेटमा हराए । फ्रेन्च ओपनमा डेब्यु गरेका सिनरले पहिलो सेट सात पाँचले जितेका थिए भने दोस्रो सेटमा ६–० ले विजयी भएका थिए ।

यस्तै तेस्रो सेटमा ६–३ को जित निकालेका थिए । विश्व बरियतामा ७४ औं स्थानमा रहेका १९ बर्षे सिनरले २०१६ मा फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका गोफिनविरुद्ध उत्कृष्ट जित निकाल्न सफल भए ।

अब सिनरले छनोट चरण पार गरेर आएका फ्रेन्च खेलाडी बेन्जामिन बोन्जीसँग खेल्नेछन ।

Post Add 1025X115
Loading...