फ्रेन्च ओपन टेनिसमा दिनकाे एक हजार दर्शकमात्र प्रवेश गराउने

0

फ्रेन्च टेनिस फेडेरेसन आइतबारबाट सुरु हुने फ्रेन्च ओपन टेनिसका बेला हरेक खेलमा एक हजार मात्र दर्शकलाई प्रवेश गराउने भएको छ ।

यसअघि सुरुवातामा ११ हजार ५ सय दर्शक राख्ने भनेपछि त्यसलाई घटाएर पाँच हजारमा झारेको थियो ।

तर आयोजकले सरकारको नयाँ नियमका कारण दर्शकको संख्या एक दिनमा एक हजार मात्र राख्ने भएको हो ।

फ्रान्समा अझैपनि कोरोनाको संक्रमण कायमै रहेका बेला त्योबाट प्रभावित हुने संभावनालाई कम गर्न यस्तो गरेको बताइएको छ ।

फ्रेन्च ओपनका बेला हरेक दिन ३५ हजार समर्थक कोर्टमा पुगेर खेल हेर्ने गरेका थिए । अहिलेको अवस्थामा आयोजकलाई ब्यवस्थापनको चुनौती मुख्य रहेको बताइएको छ ।

Post Add 1025X115
Loading...