दिल्लीविरूद्ध चेन्नेई टस जितेर बलिङमा, सन्दिप आजपनि बेन्चमा

0

इन्डियन प्रिमियर लिगमा अहिले दिल्ली क्यापिटल्र्स र चेन्नेई सुपर किंग्स विच प्रतिस्पर्धा हुन गइरहेको छ ।

दुबई क्रिकेट मैदानमा हुने खेलमा चेन्नेईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने बेन्चमा बसेका छन ।

चेन्नेईको टिममा एक खेलाडी परिवर्तन गरिएको छ । नेगिटीको स्थानमा जोस हेजलहुड टिममा आएका छन ।

दिल्लीको टिममा आश्विनको स्थानमा अमित मिश्रालाई टिममा राखिएको छ । यस्तै मोहित शर्माको स्थानमा अभेश खानलाई सेटमा राखिएको छ ।

Post Add 1025X115
Loading...