चेल्सीले नयाँ गाेलकिपर मेन्डीलाई वेष्ट ब्रुमविरुद्ध नखेलाउने

0

चेल्सीले वेष्ट ब्रुमविरुद्धको खेलमा नयाँ प्रशिक्षक इडुवार्ड मेन्डीलाई नखेलाउने भएको छ । प्रशिक्षक फ्रांक लाम्पार्डले मेन्डीलाई वेष्ट ब्रुमविरुद्ध खेलाउदा हतार हुने बताएका छन ।

जसका कारण हालका प्रशिक्षक केपालाई नै उनले पहिलो रोजाईको गोलकिपरमा राख्ने भएका छन ।

रेनेसबाट २२ मिलियन पाउण्डमा केहि दिन अगाडीमात्र भित्र्याएको चेल्सीको पहिलो रोजाईको गोलकिपर हुने अनुमान गरिएको थियो । तर लाम्पार्डले अहिले नै उनलाई खेलाउँदा हतार हुने बताए ।

पत्रकार सम्मेलनमा लाम्पार्डले विहिबार मात्र चेल्सीमा अनुबन्ध भएका मेन्डी शनिबारको खेलमा मैदानमा उतार्नु निकै कम समयको तयारी हुने बताए ।

उनले लामो समय देखि राम्रोसँग प्रशिक्षण नगरेको र चेल्सीको टिमसँग घुलमिल हुन बाँकी रहेको बताए । उनी विहिबारमात्र लण्डन पुगेको र उनको समय तालिका पनि निकै कम भएकाले केहि आराम चाहिएको लाम्पार्डले बताए ।

Post Add 1025X115
Loading...