डेविड माेयजकाे दाेस्राे चरणकाे परिक्षण पनि पाेजेटिभ

0

वेष्टह्यामका प्रशिक्षक डेविड मोयजको दोस्रो चरणको कोरोना परिक्षणपनि पोजेटिभ आएको छ । विहिबार भएको दोस्रो चरणको परिक्षणपनि पोजेटिभ आएपछि उनले एक साता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

मंगलबार हल सिटीको खेल अगाडी गरिएको परिक्षण पोजेटिभ आएपछि डेविडसँगै खेलाडी इशा डियोप र जोश कुलेनलाई आइसोलेसनमा राखिएका थियो । त्यसपछि विहिबार फेरी उनीहरुको परिक्षण हुँदा डेविडमा पोजेटिभ देखिएको छ ।

जसका कारण उनले प्रिमियर लिगमा उल्भरह्याम्टनका खेल गुमाउने भएका छन । यस्तै उनले लिग कपको चौथो चरणमा एभर्टनसँगको खेल पनि गुमाउने भएका छन ।

अब मोयसले अक्टोबर चार ताखिरमा हुने लेस्टर सिटीसँगको खेलमामात्र टिममा फर्किने संभावना रहेको छ । त्यो बेलासम्म उनलाई आइसोलेसनमा राखेर चरणबद्ध प्रशिक्षण गरिनेछ ।

Post Add 1025X115
Loading...