स्वारेजकाे बिदाईमा बार्सिलाेनाले देखाएकाे ब्यवहारमा मेस्सी रूष्ट

0

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लुइस स्वारेजका विषयमा पहिलो पटक प्रतिक्रिया दिएका छन । उनले आफ्ना मिल्ने मित्र स्वारेजले बार्सिलोनाबाट राम्रो विदाई पाउनुपर्ने बताएका छन ।

उनले क्लवले जुन किसिमको ब्वहार स्वारेजमा देखायो, त्यसमा कुनै आश्चार्य मान्नुपर्ने कुरा नभएको बताए । बार्सिलोनाबाट एट्लेटिको मड्रिडमा अनुबन्ध भएका स्वारेजले विदाईका बेला पत्रकार सम्मेलनमा निकै भावुक भनाई राखेका थिए ।

मेस्सीले आफ्नो इन्टाग्राममा अर्को क्लवको जर्सीमा स्वारेजलाई देख्दा अनौठो लाग्ने बताए । त्यसमा पनि उनीविरुद्ध खेल्दा झन अनौठो हुने बताए ।

स्वारेजले बार्सिलोनालाई गरेको योगदानको कदर गरेर क्लवले अझ राम्रो विदाई गर्न सक्थ्यो, तर जसरी उनले क्लव छोडे, त्यसबाट आफु अचम्मित नभएको बताए ।

जुन किमिमले स्वारेजलाई टिमबाट हटाइयो, त्यो नराम्रो भएको मेस्सीले बताए । उरुग्वेका स्ट्राइकर स्वारेजले दुई सय ८३ खेलमा एक सय ९८ खेल खेलेका थिए । उनी बार्सिलोनाको इतिहासमा सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी हुन ।

Post Add 1025X115
Loading...