नेपालमा रहेका विदेशी फुटबलरकाे तनाव, ‘भिषा नविकरण गर्नपनि पैशा छैन’

0

कोरोना भाइरसका कारण लकडाउन भएपछि फुटबल गतिविधी बन्द हुँदा नेपालमा नै अड्कीएका विदेशी खेलाडीलाई दिनकै मार परिरहेका छन । उनीहरुलाई दैनिक रुपमा खानका लागि पनि समस्या भएपछि विभिन्न निकायबाट सहयोग पाइरहेका छन । यस्तैमा पछिल्लो पटक विदेशी खेलाडीलाई सहयोग गर्ने हातहरु पनि अगाडी आएका छन ।

Advertisement

लकडाउनका कारण फुटबल नहुँदा घरमै बस्न बाध्य भएका अफ्रिकी मुलका खेलाडीको भिषा कतिको सकिएको छ भने कतिको सकिने तरखरमा रहेको छ । यस्तैमा विदेशीलाई लकडाउनका बेला भिषा सुल्क नलाग्ने सरकारले बताएपनि पछिल्लो पटक समयमा भिषा नविकरण नगरेमा जरिवाना लगाउने भनेपछि विदेशी खेलाडी दबावमा आएका छन ।

यसका लागि उनीहरुसँग आइतबारसम्मको समय रहेको छ । नेपालमा फुटबल प्रतियोगिता खेल्न आएका विदेशी खेलाडीमा कोहि स्वदेश फर्किसकेका छन । अझै कोहि नेपालमा नै रहेका छन । लकडाउनपछि ५ जना विदेशी खेलाडी स्वदेश फर्किएका छन । यस्तैमा सात आठ जनाको भिषा नविकरण गर्नुपर्ने भएको छ । उनीहरुलाई स्वदेश फर्किनसम्ममा डिसेम्बरसम्मको समय अध्यागमनले विभागले दिएको छ ।

समयमा नविकरण नगरेमा ६ महिनाको जरिवाना तिर्नुपर्ने भनेपछि विदेशी खेलाडीलाई निकै कठिन भएको सगुन तन्डुकारले बताए । भिषा नविकरण गर्नका लागि एक जनाको २१–२२ हजार लाग्ने र आइतबारसम्म उनीहरुको नविकरण गरिसक्नुपर्ने उनले बताए । त्यसैका लागि आफुपनि उनीहरुलाई दबाव मुक्त गर्न लागेको बताए ।

यसका लागि करिव डेढ लाख रुपैयाँ आवश्यक रहेको बताए । भिषा नविकरणका लागि क्लवले सहयोग गरे नगरेको आफुलाई जानकारी नभएको उनले बताए । यस्तै एक खेलाडीले खान त समस्या थियाे नै अब भिषा नबिकरण गर्नका लागि कसरी पैशा जुटाउने भन्ने तनाव रहेकाे बताए ।

सरकारले अगष्ट १५ पछि भिषा नविकरण गर्दा शुल्क लाग्ने भनेपछि विदेशी खेलाडीलाई आर्थिक समस्या भइरहेको बताए । यदि अब आइतबार सम्म भिषा नविकरण नगरेमा ६ महिनाको जरिवाना तिर्नुपर्ने भनेपछि झन समस्या भएको उनको भनाई छ ।

लकडाउनका कारण नेपालमा रहेका खेलाडीमध्ये अधिकांशको कुनैपनि क्लवसँग सम्झौता छैन । फुटबल प्रतियोगिता नै ठप्प भएपछि उनीहरुलाई खानका लागि पनि सहयोग माग्नुपर्ने अवस्था आएको तन्डुकारले बताए ।

तर केहि संस्था र समुहहरुले चरणबद्ध रुपमा सहयोग गरेकाले त्यो समस्या केहि कम भएपनि अब भिषाको दबाव अगाडी आएको उनको भनाई छ ।

नेपालमा ए डिभजिन लिग खेल्ने खेलाडीले टिममा तीन जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्ने गर्छन । अहिले नेपालमा बाँकी हरेका विदेशी खेलाडी पनि लिग र काठमाडौं बाहिर खेल्न आएको खेलाडी हुन । तर फुटबल नै नभएपछि उनीहरु सुरुसुरुमा केहि रमाएपनि पछि मानसिक दबावमा पर्न थालेका थिए ।

यस्तैमा केहि क्लवले आफ्नो मातहतमा रहेका विदेशी खेलाडीलाई स्वदेश फर्काइसकेको छ ।

 

Post Add 1025X115
Loading...