टाेटनह्याम बाई पाएर लिग कपकाे चाैथाे चरणमा प्रवेश

0

इंग्लिस क्लव टोटनह्यामले लिग कपको तेस्रो चरणमा बाई पाएर चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणमा टोटनह्यामको प्रतिद्धन्द्धी लेटोन ओरियन्टका खेलाडीमा कोरोना देखिएपछि स्थगित भएको थियो ।

जसका कारण उनीहरुलाई क्वारेन्टिनमा राख्ने भएकाले विहिबार हुने भनिएको खेल स्थगित भएको थियो । जसमा इंग्लिस फुटबलले आफ्नो नियम अनुसार टोटनह्यामलाई विजेता बनाएको छ ।

ओरियन्टका खेलाडीमा कोरोना देखिएपछि रिजर्भ खेलाडी राखेर पनि खेलाउन नसक्ने अवस्था भएपछि खेल रद्द गरिएको हो भने टोटनह्यामलाई विजेता बनाइएको हो ।

अब जोजे मोउरिन्होको टिम टोटनह्यामले चौथो चरणमा चिरप्रतिद्धन्द्धी चेल्सीसँग खेल्नेछ । जुन खेल आउदो मंगलबार हुनेछ ।

यता ओरियन्टले भने निर्धारीत समयमा खेल नहुने भएपछि त्यो खेल अर्को दिन खेलाउछ भन्ने आशामा थियो । तर रद्द गरेपछि उनीहरुलाई एक लाख ५० हजार पाउण्ड घाटा लागेको छ ।

Post Add 1025X115
Loading...