सरकारले प्रशिक्षणका लागि अनुमती दिन ढिलाई गर्दा चेपुवामा राष्ट्रिय खेलकुद परिषद्

0

पछिल्लो ६ महिना देखि कुनैपनि गतिविधी नभएको नेपाली खेलकुदलाई चलायमान बनाउन यतिबेला सबै भन्दा ठुलो दबाव राष्ट्रिय खेलकुद परिषद्लाई परेको छ । संघहरुले परिषद्मा खेलाडीलाई प्रशिक्षणमा फर्काउनका लागि निवेदन दिइरहेपनि सरकारबाट कुनै निर्णय नआउँदा चेपुवामा राखेप परेको छ ।

राखेपका सदस्यसचिव रमेश सिलवालले खेलाडीलाई प्रशिक्षणमा फर्काउनका लागि आफ्नो तर्फबाट कुनै समस्या नभएको बताए । उनले कतिपय खेलले प्रशिक्षणका लागि आवेदन दिइसकेको र आन्तरीक रुपमा विभागिए टिम र सामाजिक दुरी कायम हुने खेललाई प्रशिक्षण गर्न भनेको बताए । तर उनीहरुले सरकारी अनुमती दिन कठिन रहेको बताए ।

सिलवालले सरकारको नियम उलंघन गरेर सबैलाई गतिविधी सुरु गरौ भन्दापनि कठिन, यता सरकारले बेवास्ता जस्तै गरेकाले बढि दबाव आफुलाई परिरहेको बताए ।

मार्सल आर्टस, ब्याटमिन्टन, फुटबल लगायतका संघहरुलाई प्रशिक्षण गराउन कुनै समस्या नभएको तर आधिकारीकता दिन दोहोरो दबाव रहेको सिलवालको भनाई छ । उनले सरकारी निर्देशन पनि मान्नुपर्ने र खेलकुदकाे मर्कापनि बुझ्नुपर्ने भएकाले दबाव बढि भएकाे बताए ।

६ महिनासम्म खेलाडीले प्रशिक्षण गर्न नपाउँदा उनीहरु युद्दको भुमरीमा रहेको आभाष भइरहेको छ । किनकी कुनैपनि खेलाडीलाई यति लामो समयसम्म प्रशिक्षण विहिन रहनु भनेको शारिरीक र मानसिक रुपमा बढि दबाव झेल्नु हो ।

सिलवालले राष्ट्रिय टिमका खेलाडीलाई निश्चित मापदण्ड बनाएर आफ्नो तरिकाले आन्तरीक रुपमा प्रशिक्षण गर्नका लागि भनेपछि सबैका लागि त्यो संभव नभएको बताए । त्यसैले अबको तीन दिनमा सीसीएमसीले पनि केहि निर्णय गर्नसक्ने र त्यसपछि खेलकुद क्षेत्र चलायमान हुने विश्वास रहेको बताए ।

पछिल्लो पटक कोरोनाको महामारीको दर उच्च रहेको भारतमा पनि फुटबल गतिविधी सुरु गर्ने निश्चित भइसकेको छ । सरकारले नै मापदण्ड तयार पारेर आई लिग सुरु गर्ने निश्चित भइसकेको छ ।

तर नेपालमा भने अझै संघहरु खेलाडीलाई प्रशिक्षणमा फर्काउन तयार रहेपनि सरकारी अनुमतिको पर्खाईमा रहेका छन । नेपालमा फुटबल, क्रिकेट, टेबलटेनिस, लनटेनिस, ब्याडमिन्टन, स्क्वास, फेन्सिङ, जिम्नास्टिक, आर्चरी, सुटिङ, कुङ्फु लगायतका खेलहरुमा मापदण्ड पालनागरि नियम बनाएर प्रशिक्षण गर्नसक्ने अवस्था बनिसकेको छ । यसका लागि संघहरु पनि तयारी अवस्थामा छन ।

फुटबल संघकाे निवदेन खेलकुद मन्त्रालयबाट सिफारीस गरिएकाे छ भने ब्याटमिन्टनले पर्सिबाट प्रशिक्षण सुरू गर्ने बताएकाे छ । यस्तै अरू खेलहरू पनि प्रशिक्षणमा फर्किनका लागि तयारी अवस्थामा रहेका छन । पछिल्लाे पटक जुन जिल्लामा काेराेना संक्रमण २५ हजार कट्याे त्यहा फेरी लकडाउन गर्ने सिफारीसले झन तनाव बढेकाे छ ।

Post Add 1025X115
Loading...