अफगानिस्तान र न्यूजिल्याण्डकाे अष्ट्रेलिया भ्रमण स्थगित

0

अष्ट्रेलियाले अफगानिस्तानसँगको टेष्ट सिरीज स्थगित गरेको छ । कोरोना भाइरसको प्रभाव अझै कायमै रहेकाले अफगानिस्तानसँगको एक खेलको टेष्ट अर्को बर्षका लागि सारेको छ ।

यसका साथै अष्ट्रेलियाले न्यूजिल्याण्डसँगको एकदिवसिय सिरीजपनि अर्को बर्षलाई सारेको छ । अब भारतीय टिमले मात्र यो बर्ष अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ।

भारतले अष्ट्रेलियासँग चार टेष्ट, तीन एकदिवसिय र तीन टी २० खेल खेल्नेछ । जसको तालिका चाँडै सार्वजनिक हुनेछ । यसअघिको तालिका अनुसार अफगानिस्तानसँगको टेष्ट पर्थमा नोभेम्बरको अन्तिम खेलिने बताइएको थियो ।

तर अब त्यो सरेको छ । यस्तै न्यूजिल्याण्डसँगको तीन खेलको एकदिवसिय सिरीज २०२१ को जेनेवरीमा हुने भनिएको थियो । तर त्यो पनि अर्को बर्षको समरमा सारेको छ ।

Post Add 1025X115
Loading...