किन हराए नयाँ ‘क्रिस्टियानाे राेनाल्डाे’ उपनाम पाएका बीबी ?

0

टियोगो म्यानुयल डियास कोरीया यो नाम म्यानचेस्टर युनाइटेडका समर्थकले कहि कतै सुनेपनि अरु क्लवका खेलाडीलाई त्यति थाहा नहोला । बीबी उपनामले परिचित उनी कुनै समय म्यानचेस्टर युनाइटेडको नयाँ क्रिस्टियानो रोनाल्डो भनेर उपनाम पनि पाएका थिए । तर उनको करियर जसरी अचानक उक्लिएको थियो, त्यसरी नै सकिन समय लागेन ।

आज हामी नयाँ रोनाल्डोको उपनाम पाएका बीबीको करियर कसरी सकियो भन्ने बारेमा चर्चा गर्नेछौ ।

सन् २००९ मा जब क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोडेर रियाल मड्रिडमा गएका थिए, त्यो बेला रोनाल्डोका स्थानमा अर्को खेलाडीलाई अनुबन्ध गर्न तत्कालिन प्रशिक्षक सर एलेक्स फर्गुसन निकै आतुर थिए ।

जसमा इडेन हाजार्डको नाम निकै चर्चामा आएको थियो । सो बेला लीलीबाट खेलिरहेका हाजार्डलाई ल्याउने फर्गुसनको चाहना थियो । तर २०१० मा युनाइटेडले नाम नै चर्चामा नआएका खेलाडी बीबीलाई अनुबन्ध गर्यो ।

त्यो बेला फर्गुनसलाई नै बीबीका बारेमा राम्रोसँग थाहा थिएन । तर पनि उनले प्रतिष्ठित क्लव युनाइटेडमा ११ मिलियन पाउण्डमा भित्र्याएका थिए ।

बीबीको अनौठो कहानी यस्तो थियो ।

म्यानचेस्टर युनाइेटडमा अनुबन्ध हुनुभन्दा दुई महिना अगाडीसम्म बीबी अनाथालयमा बस्ने गर्थे । उनी त्यो बेला भिक्टोरीया गुइमाराइसबाट खेल्ने गर्थे । तर उनको फुटबल स्किल भने निकै राम्रो थियो । बीबीका सहायक प्रशिक्षक क्विरोजले मैत्रीपुर्ण खेलमा खेलेको देख्दा उनको स्किलबाट निकै प्रभावित भए ।

उनले २०१० को सिजनमा बीबीलाई म्यानचेस्टर युनाइटेडमा अनुबन्ध गर्नका लागि एलेक्स फर्गुसनसँग प्रस्ताव गरे । सन् २०१३ मा फर्गुसनले आफ्नो अटोबायोग्राफिमा उल्लेख गरेका थिए, बीबी एउटा यस्तो खेलाडी हुन जसको एक्सनलाई नहेरेर नै क्लवमा भित्र्याएको थिए । त्यो बेला उनलाई भित्र्याउनका लागि रियाल मड्रिडले पनि इच्छा देखाएको थियो । सो बेला रियालको प्रशिक्षक रहेका जोजे मोउरिन्होले आफुलाई बीबीलाई अनुबन्ध गर्न तयार भएका बेला युनाइटेडले खोसेको बताएका थिए ।

त्यो बेला हामीले बीबी अनुबन्ध गर्दा गेम्बल गरेको बताएका थिए । बीबीको त्यो परीको जस्तो कहानी एकाएक विरानो बन्यो । पोर्चुगलका यी खेलाडीलाई युनाइटेडले त्यो बेला नयाँ रोनाल्डो भनेर भित्र्याएको थियो । तर त्यो अनुबन्ध क्लवका लागि निकै घातक जस्तै बन्यो ।

म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएपछि उनले पहिलो पटक मैदानमा उत्रदा निकै राम्रो खेल खेलेका थिए । जसमा उनी पहिलो पटक च्याम्पियन्स लिगमा डेब्यु गर्ने मौका पाएका थिए । जसमा उनले गोल पनि गरेका थिए ।

राम्रो उचाई र फुर्तिलो ज्यानका कारण एक सिजनमा २० गोल गर्न सक्ने खेलाडी रहेको प्रशिक्षक फर्गुसनले बताएका थिए । त्यो बेला बीबीलाई सञ्चार माध्यमले क्रिस्टियानो रोनाल्डोसँग तुलनापनि गरेका थिए । किनकी रोनाल्डोको करियर र उनको करियर उस्तै किमिमले सुरु भएको थियो । खेल्ने शैली पनि उस्तै उस्तै रहेको बताइएको थियो ।

युनाइटेडमा अनुबन्ध भएपछि राम्रो आम्दानी र सम्पन्न जीवन जिउन थालेको बीबीले त्यसलाई सम्हाल्न सकेनन् । २० बर्षको उमेरमा नै लाखौ डलर कमाउने भएका बीबीले त्यसलाई कसरी सम्हाल्ने भन्ने परिपक्कता भएन ।

उनले सन् २०१३ मा मेट्रोसँगको कुराकानीमा भनेका थिए, त्यो बेला युनाइटेडलाई आफुले गम्भिर रुपमा नलिएको बताएका थिए । पोर्चुगलबाट इंग्ल्याण्ड आउँदा एक्लै थिए, एक्लै बस्ने र बानी बच्चाको जस्तै थियो । जसका कारण एक्लो हुँदा आफुलाई फ्रि सोचेर चाहेको कुरा गर्न पाउथे । जुन अन्तिममा कठिन मोडमा पुग्यो ।

विस्तारै बीबीको प्रशिक्षक फर्गुसनसँगको सम्बन्ध कठिन बन्न थाल्यो ।

एक अन्तरवार्तामा बीबीले भनेका थिए, फर्गुसनले एकदिन आफुलाई कपाल काटेर आउन र नयाँ हेयरस्टाइलमा राम्रो देखिने सुझाव दिए ,त्यहि दिन गएर कपाल काटे, तर अर्को दिनको प्रशिक्षणमा फर्गुसनले आफुलाई चिन्न सकेनन् ।

टिमको प्रशिक्षणमा धेरै पटक उनको नजिकबाट पास भए, तर उनले पहिचान गर्न कठिन माने । त्यसपछि उनीसँगको सम्बन्ध विस्तारै चिसिदै गयो ।

यतिमात्र होइन, युनाइटेडमा बीबीको खेल विस्तारै खस्कदै गयो भने टिममा पनि विरलै पर्न थाले ।

दुई सिजनमा मात्र सात खेल खेल्दा दुई गोल गरेका उनी २०११ को अन्तिममा बेसिक्टासमा लोनमा गए । त्यहाँ गएपछि उनको करियर लगभग सकियो । उनी खेलका क्रममा निकै गम्भिर घाइते भए ।

मोजमस्तीमा लागेका उनलाई नाइटक्लवमा आफ्नो तरिकाले गएको भनेर टिमबाट नै निकालियो । जसका कारण नयाँ रोनाल्डो बन्ने चर्चा पाएका बीबीको करियर समाप्त जस्तै भयो ।

उनी बेसिक्सटासबाट अरु ६ फरक क्लवमा गए, तर कतैपनि सफल भएनन् ।

उनी जब २० बर्षको उमेरमा युनाइटेडमा आएका थिए, त्यो बेला उनी खेल्नका लागि तयार नभएको भनिएको छ । इंग्ल्याण्डमा आएपछि भाषाको फरक, ठूलो क्लवका दबाव र उनको च्यालेञ्ज गर्न नसक्ने बानीका कारण करियर नै धरापमा परेको बताइएको छ ।

अहिले उनी स्पेनको दोस्रो डिभिजन क्लवमा खेल्छन । ३० बर्षको उमेरमा उनी अहिले दबावविच फुटबल खेलिरहेका छन । जसमा उनी आफै रमाईरहेका छन ।

Post Add 1025X115
Loading...