काेहलीमाथि १२ लाखकाे जरिवाना

0

किंग्स इलावेन पञ्जावविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गराएको भन्दै रोयल च्यालेञ्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना लगाइएको छ ।

बैंग्लोरको दोस्रो खेलमा स्लो ओभर रेटमा बलिङ गराएको आरोपमा कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको हो ।

पञ्जावविरुद्ध पहिले बलिङ गरेको बैंग्लोरले झण्डै दुई घण्टामा आफ्नो पारी सकेको थियो । उसले एक घण्टा ५१ मिनेटमा बलिङ सकेको थियो । सामान्य तयार टी २० क्रिकेटमा एक पारी एक घण्टा ३० मिनेटमा सकिने गरिन्छ ।

विहिबार भएको खेलमा कोहलीको टिमले तोकिएको समय भन्दा धेरै समय लगाएको भन्दै जरिवाना लगाइएको हो ।

Post Add 1025X115
Loading...