फिफाद्वारा ट्रिनडाड एण्ड टाेबागाे फुटबल संघ निलम्बनमा

0

विश्व फुटबल महासंघ फिफाले ट्रिनडाड एण्ड टोबागो फुटबल संघलाई निलम्बन गरेको छ । फिफाको नियम उलंघन गरेको भन्दै तत्काल लागु हुनेगरी फिफाले क्यारेवियन फुटबल संघलाई निलम्बन गरेको हो ।

फिफा काउन्सिलले गरेको निर्णयमा ट्रिनडाडा एण्ड टोबागो संघले आर्टिकल ५९ अन्तर्गत नियम उलंघन गरेको बताइएको छ । जसमा फिफाले तत्कालका लागि तथष्ट समिती बनाएको छ ।

ट्रिनडाड एण्ड ट्रिबागो फुटबल संघमा अब्यवस्थित गरिकाले काम गरेको र भ्रष्टाचार गरेको भन्दै कारवाहि गरेको हो । तथष्ट समितीले सेप्टेम्बर १६ तारिखसम्म आफ्नो आरोपविरुद्ध प्रमाणितका लागि समय दिइएको थियो । तर त्यसमा चुकेको बताइएको छ ।

त्यसपछि सेप्टेम्बर २३ तारिखसम्मका लागि समय लम्ब्याइएको थियो । त्यो बेलासम्म पनि कुनै प्रक्रिया नगरेपछि तत्काल लागु हुनेगरी निलम्बन गरेको हो ।

अब सो संघको निलम्बन पुर्ण रुपमा सबै पक्ष मिलेपछि मात्र फुकुवा हुनेछ ।

Post Add 1025X115
Loading...